समलिंगी पुरुषमाथि चलचित्र

काठमाडौं : पुरुषबीचको समलिंगी सम्बन्ध अनि विपरीतलिंगीय प्रेमलाई विषयवस्तु बनाएर चलचित्र निर्माण हुने भएको छ– लव यु म्यान । कलाकार एवं प्राविधिकहरूका बीच मंगलबार सूर्यविनायक मन्दिरपरिसरमा सो चलचित्रको शुभमुहुर्त गरियो । दिनेश महतले क्यामेराको स्विचअन गरेपछि बिबी फुयाँलले नरिवल फुटाएको सो मुहूर्त सटको निर्देशन कृष्ण कोइरालाले गरेका थिए ।
जेनिम फिल्म्सको ब्यानरमा युवराज खत्री र दिनेश महतले निर्माण गर्न लागेको यो चलचित्र बिबी फुयाँलले निर्देशन गर्न लागेका हुन् । यसमा सुरेश चौधरी, सरोज खत्री, प्रनिशा सिलवाल, रेखा लामा र रचना पौडेलको अभिनय रहनेछ । शिव शर्माको नृत्यनिर्देशन, आरसीको द्वन्द्व, सन्तोष राजवंशीको संगीत तथा कृष्ण कोइरालाको निर्माण संयोजनमा युवराज खत्रीले लव यु म्यानको छायांकन गर्नेछन् । (सौस)

प्रतिक्रिया