पीडितका ‘आह्वान’ सार्वजनिक

काठमाडौं, १९ असार । पत्रकार एवं रचनाकार के.एल. पीडितले गीति एल्वम ‘आह्वान’ सार्वजनिक गरेका छन् ।
पीडितका एकल रचनामा सजिएका एल्वमको नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र अधिवक्ता एवं गायककार डा.भीमार्जुन आर्चायले विमोचन गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक भएको ‘आह्वान’मा सात वटा गीत समेटिएका छन् ।
यादव योगी, सन्तोष श्रेष्ठ र माइला लामाको संगीत रहेका गीतहरुमा शिशिर योगी, सुधा रत्न, प्रमोद खरेल, रामकृष्ण ढकाल, रुपक डोटेल, बेदु सारुमगरलगायतले स्वर दिएका छन् ।
एल्वमको सामना सांस्कृतिक परिवारले प्रवद्र्धन गर्ने रचनाकार पीडितले बताए । वामपन्थी विचारधारालाई अंगालेका रचनाकार पीडितलाई माओवादीको सशस्त्रद्वन्द्वका समयमा सुरक्षाकर्मीले केही समय याताना समेत दिएको थियो ।

प्रतिक्रिया