राप्रपा नेपालमा मनोनयन

काठमाडौं : राप्रपा नेपालका उपाध्यक्ष र महामन्त्रीमा राजीव पराजुली र चन्द्रबहादुर गुरुङ मनोनीत भएका छन् । अध्यक्ष कमल थापाले सोमबार पार्टी विधानबमोजिम पर्साका पराजुली र स्याङजाका गुरुङलाई मनोनीत गरेका हुन् । पराजुली यसअघि पार्टी कोषाध्यक्ष थिए भने गुरुङ संविधानसभामा संसदीय दलका नेता थिए ।

केही समयअघि महामन्त्रीद्वय टंक ढकाल र गणेश शेरचनलाई अध्यक्ष थापाले पार्टी हितविपरीत कार्य गरेको भन्दै निष्कासन गरेका थिए भने उपाध्यक्ष हेमबहादुर मल्लको निधनपछि उपाध्यक्ष पद रिक्त रहेको थियो । यसैबीच अध्यक्ष थापा आफ्नो तीनदिने पूर्वभ्रमणमा मंगलबार निस्कने भएका छन् । दिवंगत उपाध्यक्ष मल्लको श्रद्धाञ्जलीसभामा भाग लिन धनुषा जान लागेका थापा विराटनगरसम्म पार्टी कार्यक्रममा सहभागी हुने छन् । (सौस)

प्रतिक्रिया