सल्यानमा हँसियाले पतीको हत्या

सल्यान, १८ असार । घरायसी विवादका कारण सल्यान जिल्लाको कोटमौला गाविसमा पत्नीले पतीको हत्या गरेकी छन् ।
धारिलो हतियार प्रहार गरी आप्mनै पती मारेको अभियोगमा कोटमौला–७ बस्ने २८ बर्षीया डिल्ली वि.क.लाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गएराति करिब एघार बजे घरायसी विवादमा ३० बर्षीय पती बलबहादुर वि.क.लाई धारिलो हतियार हसियाँ घाँटीमा प्रहार गरेर मारेको प्रहरीले जनाएको छ ।
यसैवीच, सल्यानमै बाँके जिल्ला सम्शेरगंज–३ बस्ने ३० बर्षीय हिमाल पाण्डे र दाङ्ग जिल्ला पुरनधर–४ बस्ने २४ बर्षीय लिल वि.क.लाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।
एयरगन जस्तो २ नाल पेस्तोल, सोमा फिट हुने ८ वटा छर्रा र खुकुरी १ थान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोटमौला–७ पातिहाल्ना बजारमा धाक धम्की दिई चन्दा माग्ने कार्य भईरहेको भन्ने सूचना प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया