अडियो विमोचनमा मिडियालाई कटाक्ष

काठमाडौं : नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपाली मिडियाले नायिकाको तुलनामा चलचित्रका अन्य पक्षलाई उपेक्षा गरेको आरोप लगाएका छन् । राजधानीमा आइतबार आयोजित संसार आºनैको अडियो विमोचन कार्यक्रममा नायिकाबारे चाहिँ सानोभन्दा सानो कुराको पनि समाचार बनाउने तर चलचित्रका अन्य पक्षचाहिँ जतिसुकै महत्त्वपूर्ण रहे पनि बेवास्ता गर्ने गरेको बताएका हुन् । उनले भने, ‘यसै कारण मिडियाको ध्यान तान्न नायिका जे पनि गर्न तयार हुन्छन्, चलचित्रमा विकृति भड्काउन अप्रत्यक्ष हात मिडियाको पनि छ ।’
निर्माता तथा निर्देशक अशोक शर्माले मूलधारको चलचित्र निर्माण क्रम घट्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै रिस्क लिएर मूलधारमा हात हाल्नेका चलचित्रले व्यापार गर्नसक्ने वातावरण हुनुपर्ने बताए । चलचित्र पत्रकार संघका उपाध्यक्ष प्रदीप निरौलालगायतले मूलधारमा रहेर निर्माण भएको संसार आºनैलाई सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा चलचित्रका युनिट तथा अतिथिहरूले संयुक्त रूपमा चलचित्र संसार आºनैको अडियो विमोचनसमेत गरेका थिए । गोविन्द शाहीको निर्माण तथा रञ्जित रानाको निर्देशन रहेको चलचित्रमा विपिन किरण, मदन घिमिरे, चेतन सूर्य र दयाराम पाण्डेका गीत छन् । वसन्त सापकोटा, चेतन सूर्य, विपिन किरणको संगीतमा दीपक लिम्बू, अन्जु पन्त, स्वरूपराज आचार्यलगायतले स्वर दिएका छन् ।
साउन तेस्रो साताबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको लेखन युकेस रायमाझी, सम्पादन विपिन मल्ल, छायांकन युवराज राई, नृत्य गोविन्द राई र द्वन्द्व अष्ट महर्जनको रहेको छ । निर्माता तथा नायक गोविन्द शाहीका अलावा झरना थापा, सुमन सिंह, सरोज केसी, कमलकृष्ण, विष्णु सापकोटा, आरपी पन्तलगायत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया