खोजखबर

बलात्कारपछि हत्या गर्नेलाई २९ वर्ष जेल

सौर्य अनलाइन २०६९ असार १७ गते १:२६ मा प्रकाशित

नेपालगन्ज : नेपालगन्जकी एक महिलालाई भारत लखनउ लगेर बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई अदालतले २९ वर्ष जेल सजाय फैसला गरेको छ ।
नेपालगन्ज न्युरोडस्थित श्रीनिवास होटलकी सञ्चालिका निर्मला श्रेष्ठको हत्या गरेको अभियोगमा नेपालगन्ज–६ का सोनु हल्वाईलाई जिल्ला अदालत बाँकेले २९ वर्ष कैद सजाय सुनाएको छ ।
मुद्दाका फरार अभियुक्त अक्रम हल्वाई र रफिक बेहनाको मुद्दा भने अदालतले मुल्तबीमा राख्न आदेश दिएको छ । अर्का अभियुक्त अनमोल अग्रवाललाई भने अदालतले सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले यस्तो फैसला गरेको हो ।
हल्वाईलाई हत्या गरेको अभियोगमा जन्मकैदबापत २० वर्ष र अपहरण गरी शरीर बन्धक बनाएबापत ७ वर्ष तथा संगठित अपराधबापत दुई वर्ष थप गरी २९ वर्ष कैद सजाय तोकिएको हो ।
अदालतको आदेशपछि हल्वाईलाई नेपालगन्ज कारागार चलान गरिएको छ । अभियुक्त अग्रवालको हकमा भने निजले आरोपित कसुर गरेको पुष्टि नभएकोले सफाइ पाउने ठहर फैसला भएको छ । ०६७ सालमा नेपालगन्जबाट अपहरण गरी हल्वाईलगायत तीनजना मिलेर श्रेष्ठलाई भारत लखनउको एक होटलमा लामो समय बन्धक बनाई बलात्कार गरेका थिए । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय