“सेक्स !” नो वे

पाँचथर जिल्ला थुर्पु–२ स्थायी ठेगाना भएकी सुप्रिया कटुवाल प्लस टुमा अध्ययनरत छिन् । उनले मोडलिङलाई पनि सँगसँगै अघि बढाइरहेकी छिन् ।
नेहल राईको तिमी पर्‍यौ पोखरेल सोल्टा गीतको म्युजिक भिडियोमा अभिनय गरेर उनले मोडलिङ दुनियाँमा प्रवेश गरेकी हुन् । त्यसयता उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । तर, मोडलिङले पढाइलाई असर नपुर्‍याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र मोडलिङलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पनि पन्छाउन सक्दिनँ ।’
सानैदेखि कलाकारिताप्रति लगाब रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्, ‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो, सानै छँदै केही नाटकमा अभिनय गरेकी थिएँ ।’ उनले अभिनय गरेको फिल्म अन्जान प्रेम प्रोस्ट प्रोडक्सनको कार्यमा छ । नाटक हुँदै चलचित्रसम्मको यात्रा तय गर्दा आफू खारिँदै गएजस्तो उनलाई लाग्छ । ‘पहिलेभन्दा निक्कै राम्रो अभिनय गर्ने भएकी छु, ‘म्याचुरिटी’का कारण पनि हुन सक्छ,’ उनी भन्छिन् ।
उसो त नृत्यमा पनि उनी चाख राख्छिन् । फिल्मी क्षेत्रमा जम्न नृत्य जानेकै हुनुपर्छ भन्ने उनको सोच छ । फोटो सेसनको अनुभव भने उनलाई खासै रहेनछ । तर, उनलाई थाहा छ– ‘ग्ल्यामर फोटो सुट गरिएन भने मोडलिङको दुनियाँमा जम्न सकिँदैन । त्यसैले मैले आफूलाई अलिकती खुलाएकी छु,’ थोरै लजाउँदै सुप्रियाले फोटोका लागि पोज दिइन् ।
‘सेक्सको सम्बन्ध शरीरभन्दा पर आत्मासम्म हुन्छ,’ दार्शनिक मुद्रामा उनले भनिन्, ‘सेक्सबिना जीवन सम्भव छैन, यो दुई आत्माको मिलन हो ।’ उसो त सेक्सलाई ‘बायोलोजिकल निड’ पनि मान्छिन्, उनी । सेक्सको अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कौतूहल मेट्न लज्जाउँदै उनले भनिन्, ‘नो वे † कहाँ सेक्सको अनुभव हुनु, अझै म सानै त छु ।’
फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि सुनेकी छन् । तर, आफू ‘कम्प्रोमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क बताउँछिन् । बजारको मागअनुसार नयाँ फिल्मले सेक्सलाई प्राथमिकता दिइरहेका बेला उनी भने गम्भीर भूमिकामा देखिन चाहन्छिन् । ‘नारीप्रधान होस्, जसमा नारीको पीडा एक्सप्रेस हो, त्यस्तो फिल्ममा काम गर्न मलाई मन पर्छ,’ आफ्नो इच्छा सुनाउँछिन् । हलिउड अभिनेत्री एन्जेलिना जोली उनकी ‘बेस्ट एक्ट्रेस’ हुन् । खानपिनमा पनि उनी त्यति सौखिन छैनन् । ‘तर, चिकेनचिल्ली उनलाई ज्यादै मीठो लाग्छ तर घरको साधारण खाना पनि उत्तिकै रुचाउछु,’ उनी भन्छिन् । कालो पहिरन सजिने गरे पनि यी सुन्दरीको रोजाइका रङ भने रातो र गुलाबी हुन् ।

प्रतिक्रिया