सेनामा सरुवा र बढुवाको निर्णय

काठमाडौं : सरकारले नेपाली सेनाका उच्च अधिकारीहरूको सरुवा र बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार यस्तो निर्णय गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिएका छन् । उनका अनुसार रिक्त उपरथी पदमा सहायक रथी नीरेन्द्रप्रसाद अर्याललाई बढुवा गरिएको छ ।
उपरथी बिएकुमार शर्माको अवकाशपछि सो पद रिक्त थियो । महासेनानी रामकृष्ण अधिकारी र हिमालयविक्रम खत्री सहायकरथीमा बढुवा भएका छन् । त्यसैगरी, बैठकले तीन प्रमुख सेनानीलाई महासेनानीमा र तीन सहायक रथी र १० महासेनानीको सरुवा गरेको छ । (सौस)

प्रतिक्रिया