महिला संघको महाधिवेशन मंसिरमा

काठमाडौं, १४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले मंसिर महिनामा आफ्नो अधिवेशन गर्ने भएको छ ।
चरम विवादबाट गुज्रिएको संघले मंसिर महिना भित्र महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष डिला संग्रौलाले जानकारी दिईन ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले अधिवेशनका लागि विभिन्न निर्णय गरिएको बताईन् ।
संघले कार्तिक महिना भित्र गाउँ, क्षेत्र र जिल्ला अधिवेश सम्पन्न गर्ने, भदौ र असोजमा साधारण र क्रियाशिल सदस्यता वितरण गर्ने लगायतका कार्यक्रमका तालिका सार्वजनिक छ ।
असार र साउनमा भने संगठन सुदृढिकरण गरिने अध्यक्ष संगौलाले बताईन् । महाधिवेशनको तयारी र संगठन सुदृढिकरणका लागि केन्द्रले ७५ वटै जिल्लामा प्रतिनिधि समेत खट्टाएको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवाको असन्तुष्टिका कारण केही समय कांग्रेसका भातृ संगठनहरुले काम गर्ने सकेका थिएनन् ।

प्रतिक्रिया