च्याउको तरकारीले चार जना विरामी

झापा, १३ असार । झापा जिल्लामा जंगलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा एकै परिवारका चार जना विरामी परेका छन् ।
मंगलबार जंगलबाट ल्याएको च्याउको तरकारी खाएर सतासिधाम–९ बस्ने ८५ बर्षीय तेजप्रसाद राई, उनकी पत्नी ५० बर्षीया संगीता राई, ५० बर्षीय रणबहादुर राई र १८ बर्षीय विवेक राई विरामी परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि धरान घोपा अस्पताल लगिएको छ । विरामी परेका उनीहरुको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया