बवरमहल बिष्फोटका अभियुक्त पक्राउ

बिराटनगर, १३ असार । काठमाडौंको बवरमहलस्थित नेपाल आयल निगम कार्यालयको मुलगेटमा बम बिष्फोटन गराई सर्वसाधारणको ज्यान लिने संयुक्त जातीय मुक्ति मोर्चा नेपालका प्रवक्ता एवं विदेश विभाग प्रमुख राजकुमार लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
बबरमहल बम विष्फोटबाट तीन जनाको मृत्यु भएको थियो । चुङ्गमाङ्ग–१, हिले धनकुटा र अर्जुनधारा–६, पानिकल झापा घर भएका उनलाई प्रहरीले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
विश्वक्रान्ति, नेल्सन, देवराज लामा भन्ने उपनामबाट परिचित लामालाई प्रहरी नायव उपरीक्षक भीम दाहालको नेतृत्वमा खटिएको बिशेष टोलीले पाँचथर जिल्लाको लुङ्गरुपा–२, भुसपातेबाट पक्राउ गरेको थियो ।
प्रहरीले लामाको साथबाट गन्धक २ के.जी., सोडा १५ के.जी., सोडा र गन्धक मिसाएको २ के.जी., मोवाइल २ थान, एटिएम कार्ड ३ थान, परिचयपत्र, कम्व्याट डे«स, डायरी, माईन्युट लगायतका दस्तावेजहरु बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया