दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो

कैलाली, १३ असार । डोटीको छतिवन–९, रुबसकाडामा मंगलबार भएको माइक्रोबस दुर्घटनामा परेर मर्नेको संख्या १२ पुगेको छ ।
गम्भीर घाइते भएकी डडेलधुरा चिपुर–९ की ३० वर्षीया सन्ध्या महताको उपचारका क्रममा भारतको बरेलीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख नायव उपरीक्षक भरत बोहराले बताए ।
डडेलधुराबाट कञ्चनपुरको महेन्द्रनगर तर्फ आइरहेको से १ ख ५०२ नम्बरको महाकाली यातायातको हाईस माइक्रोबस दुर्घटनाको यस अघिनै ११ जनाको मृत्यु भएको थियो । मृत्यु भएका मध्य एक जना पुरुषको अझै सनाखत हुन सकेको छैन ।
माइक्रोबस दुर्घटना हुनुको कारण अझै थाहा हुन नसकेको प्रहरी भनाई छ । चालक फरार रहेकाले दुर्घटनाका बारेमा अनुसन्धान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया