मगर फिल्म कार्यशाला

लमजुङ : मगरभाषी चलचित्रको संख्या र गुणस्तर वृद्धि गर्ने अभिप्रायले मगर चलचित्रकर्मी संघले बेंसीशहरमा आयोजना गरेको ‘मगर चलचित्र : अवसर, सम्भावना र चुनौती’ विषयक दुईदिने गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा संघका अध्यक्ष युवराज राना मास्की मगरले कार्यपत्र प्रस्तुत गर्दै चलचित्रको स्तरवृद्धि र बजार प्रवद्र्धनका सम्भावनालगायत विविध पक्षमा चर्चा गरे । कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार विजयरत्न तुलाधरले कुनै पनि चलचित्रको स्तर लागत र प्रविधिले मात्र नभई कथावाचनशैली र वैचारिक सम्प्रेषणले पनि पहिचान गर्ने राय राखे । अन्य वक्ताहरूले मगर चलचित्रलाई कला, शिल्प र संस्कृतिको संयोजनका रूपमा व्याख्या गरेका थिए । (सौस)

प्रतिक्रिया