उज्वेकिस्तान छनोट

काठमाडौं, ११ असार । एएफसी यु–२२ फुटबल छनोट प्रतियोगिताको आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बलियो मानिएको उज्वेकिस्तान जोर्डनसँग ३–१ ले पराजित भएको छ ।
जोर्डनका लागि औदी कादिरले दुई गोल गरे । नेपालसँगको खेलमा जित हात पारेपछि नै जोर्डन छनोट भइसकेको थियो । पराजयका बाबजुद उज्वेकिस्तान हेड टु हेडको आधारमा यमनलाई पछि पार्दै छनोट हुन सफल भएको हो । सुरुवाती अग्रता उज्वेकिस्तानले लिएको भए पनि अन्तिम १५ मिनेट रोक्न नसक्दा पराजित भएको हो । अब्दुल खिलिकोभले ३६ औं मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएका थिए । जोर्डनले छनोट चरणमा खाएको यो नै पहिलो गोल पनि हो । जोर्डनका औदी कादिरले खेलको ८२ र ८८ औं मिनेटमा गोल गरे भने काहिर जाइदले खेलको अतिरिक्त समयमा गोल गरे । समूह ‘डी’ को छनोट चरणमा सबै खेल जोर्डनले जितेको छ । जोर्डनले लगातार ४ खेल जित्दै
१२ अंकसहित समूह विजेता हुँदै छनोट भयो । यमन र उज्वेकिस्तानको समान सात अंक रहेको भए पनि गोलका आधारमा उज्वेकिस्तान छनोट भएको हो । यमन र उज्वेकिस्तानले समान ७–७ गोल खाएका छन् । यमनले ७ नै गोल गरेको छ भने उज्वेकिस्तानले १० गोल गरेको छ । उज्वेकिस्तानले यमनलाई २–१ ले हराएको थियो । नेपालले भने तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

प्रतिक्रिया