खोजखबर

लमहीमा दिउसै रकम लुटपाट

सौर्य अनलाइन २०६९ असार १० गते ७:५३ मा प्रकाशित

दाङ १० असार । दाङको लमहीमा एक बद्ध महिलाको साथमा रहेको एक लाख तीन हजार ५९ रुपैयाँ लुटपाट भएको छ ।
साउदी अरवबाट छोराले कमाएर पठाएको रुपियाँ वेष्टर्न विकास वैंकबाट निकालेर फर्कदै गरेकी प्यूठान वांगेसालकी ७० वर्षीय मीनादेवी महतराको साथवाट अपरचित ब्यक्तिले झुक्याएर रकम लुटेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय लमहीका अनुसार लुटेराले वृद्ध महिलाको शरीर माथी फोहर फ्याके पछि उक्त फोहर सफा गर्ने क्रममा सो व्यक्तिले रकम लुटेर भागेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय