राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव

काठमाडौं, १० असार । राष्ट्रपति डा.रामवरण यादवसँग नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, गोलमेच सम्मेलन तथा सहमतीय सरकार गठनका बिषयमा छलफल भएको हो । भेटका लागि नेकपा–माओवादीका पदाधिकारी र केही स्थायी समिति सदस्यहरु समेत पुगेका थिए ।
वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसक्ने भन्दै अध्यक्ष बैद्यले बाबुराम भट्टराई नेतृत्वको सरकार विघटन गर्नुको विकल्प नभएको बताए । उनले राष्ट्रपति डा.यादवसँग सरकार विघटन गर्न सुझाव दिएको बताए ।
‘निकासका लागि बर्तमान सरकारलाई विघटन गरेर सर्वपक्षीय गालमेच सम्मेलन मार्फत नयाँ सरकारको गठन हुनुपर्छ,’ भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष वैद्यले भने, ‘बर्तमान सरकार जनविरोधी भएकाले यसलाई हटाएर नयाँ सहमतिको सरकार बनाउनु पर्छ ।’

प्रतिक्रिया