निनुको समालोचना संग्रह

काठमाडौं : नेपाली साहित्यमा दलित उपस्थिति र दलित सौन्दर्यचिन्तनलाई विषय बनाएर लेखिएको कृति ‘दलित सौन्दर्यशास्त्र र साहित्य’ प्रकाशित भएको छ । माक्र्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंद्वारा लिखित समालोचनाकृति साझा प्रकाशनले बजारमा ल्याएको हो ।
सो कृतिमा चापागाईंद्वारा ०६२/६३ को जनआन्दोलन तथा गणतन्त्र स्थापनाको सेरोफेरोमा लेखिएका १३ वटा नयाँ समालोचना समावेश छन् । संग्रहमा ‘दलित सौन्दर्यशास्त्र र साहित्य’, ‘भानुभक्त र लोकतन्त्र’, ‘उत्तरआधुनिकतावादमा अन्तर्निहित विचार’, ‘माक्र्सवादी समालोचना : विधि र मानदण्ड’, ‘प्रतिबद्ध कला र आवश्यकता’ जस्ता सैद्धान्तिक र विस्तृत आकारका समालोचनादेखि ‘रुद्र खरेललाई फर्केर हेर्दा’ र ‘नेपाली साहित्यका सक्रिय नायक इच्छुक’ जस्ता संस्मरण सामग्री पनि छन् । (सौस)

प्रतिक्रिया