अलग विचार समूह बनाउछौं

काठमाडौ, ९ जेठ । एमाले असन्तुष्ट केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले पार्टी भित्र अलग विचार समुहका रुपमा अन्तरसंघर्ष गर्ने वताएका छन् ।
बहुपहिचानका ७ प्रदेश बनाउने पार्टी निर्णय नमान्ने वताउँदै उनले संघीयतामा एमाले, कांग्रेसको विचारवाट प्रभावित भएको आरोप लगाए ।
‘बहुपहिचानका ७ प्रदेश बनाउने निर्णय महाधिवेशनको नीति र चुनावी घोषणापत्र विपरित छ’ राजधानीमा आज आयोजित साक्षात्कारमा उनले भने, ‘संघीयताका विषयमा पछिल्लो पटक गरेको निर्णयमा एमाले कांग्रेससँग प्रभावित हुन पुगेको छ ।’ उनले अब यस्तै भए एमालेको नाम नै नेकपा कांग्रेस भनेर राख्न सुझाव दिएका छन् ।’
श्रेष्ठले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टी भित्रै रहेर आफ्ना विचारहरुमा संघर्ष चकाउने पक्षमा रहेको बताए । उनले पार्टी असंहिष्णु भएको आरोप समेत लगाएका छन् ।
‘म एमाले लोकतान्त्रिक पार्टी भएकैले एमालेमा रहेको हुँ, तर, एमाले हुनकै लागि जन्मेको होइन’ श्रेष्ठले भने, ‘म आफैं पार्टी छोडेर जान्न एमालेलाई तँ चाहिंदैन भनेर निकाले आङ्काजी जस्तो हुन सकिन्छ ।’
हात खुट्टा बाधेर सिस्नोले हानिरहे एमालेभित्र बसिरहनु पर्छ भन्ने नभएको उनले वताए ।

प्रतिक्रिया