जहां भाग्य चम्किनेछ

गाइडले लगत्तै वालस्ट्रिटतिर रहेको फेडरलहल भएतिर लगे । फेडरलहलबारे परिचय दिँदै उनले भनेको कुराबाट थाहा पाएँ– हाल म्युजियममा परिणत भएको फेडरल हल त्यो भवन हो जहाँ जर्ज वासिंटनले अमेरिकाको पहिलो राष्ट्रपतिको हैसियतले शपथग्रहण गरेका थिए । यस फेडरल हलको भवनअगाडि प्रतिस्थापित जर्ज वासिंटनको भव्य प्रतिमाले हामीहरूको ध्यान आकर्षण गर्दै थियो । यतातिरको खुला ठाउँमा यताउता छरिएर हामी आ–आºनै किसिमले घुमफिर गर्न थाल्यौँ । कोही कुनै जर्ज वासिंटनको प्रतिमा आउने गरी फोटो खिच्नमा तल्लीन थिए त कोही कुनै त्यतैतिरको फराकिलो ढुंगे भर्‍याङको सिँढीमा बसी आराम गरिरहे । मचाहिँ त्यतैतिरको एउटा कुनामा एकजना अधबैँसे कुहिरेको चर्तिकला हेर्न लागेँ । उसले भुइँमा एउटा खास्टो जस्तो कपडा ओछ्यायो र अनि कति न बजाउन जान्नेजस्तो गरी गितार बजाउन थाल्यो । वस्तुत: उसले गितार बजाउन जानेको रहेनछ र यो माग्ने एउटा तरिका मात्र रहेछ । उसले माग्ने काम गरिरहेको भन्ने कुरा मलाई त्यस बेला प्रस्ट भयो जब दुईचारजनाले त्यस ओछ्याइएको खास्टोजस्तो कपडामा एकदुई डलर खसाल्दै हिँडेको देखेँ । अमेरिकामा माग्ने मान्छेहरूको विविध रूप देख्ता मलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो तर त्यतातिर माग्नु असक्तताको द्योतक नभई केवल स्वतन्त्र कार्यको एउटा रूप भएको देख्ता मलाई हुन सम्म आश्चर्य लागिरह्यो ।
त्यसपछि हामीलाई गाइडले वालस्ट्रिटको एक छेउमा रहेको बाउलिङ ग्रिनतिर लगे । त्यहाँ एउटा ठूलो जीव–आकार ९ीषभ कष्शभम० को ढलौटे साँढेको प्रतिमा भएको ठाउँमा बसबाट ओर्लियौँ । यस प्रतिमाले खुट्टा बजार्दै, मुन्टो निहुराउँदै, जिउ मस्काउँदै हिाडिरहेको भाव देखाइरहेभैँm मलाई लाग्यो । हेर्दा साधारण यस प्रतिमाले पर्यटकहरूलाई राम्ररी आकर्षित गरिरहेको हुन्छ । यस प्रतिमाले त्यस ठाउँलाई बुल मार्केट ९द्यगिि :बचपभत० को संकेत दिइरहेको हँुदो रहेछ अर्थात् यहाँ सेयरको भाउ दिनदिनै बढिरहेको हँुदो रहेछ । यो मूर्ति सन् १९८९ मा मूर्तिकार आर्टुरो डि मोडिकाले बनाएका रहेछन् । यसको तौल ३१७५ केजी भएको यो एउटा उत्तमताको चिह्न हो भनी गाइडले बताए । केही बेरपछि गाइडले हामी सबैको ध्यान आकर्षित गर्दै, मुसुमुसु हाँस्तै ठट्यौलो पाराले भने– ‘हेर्नुस्, मेरा प्रिय महिला तथा सज्जनवृन्द, तपाईंहरूमध्ये कसैको कुनै सेयर वा धितोपत्रको कारोबारमा दिलचस्पी वा लगाव छ भने, मौका यही हो, आउनुस्, विश्वप्रसिद्ध बित्तीय कारोबार केन्द्र वालस्ट्रिटको यो रमाइलो साँढे ९ऋजबचनष्लन द्यगिि० को अण्डकोष ९त्भकतष्अभिक० लाई हातले मजाले मल्नुहोस् अनि हेर्नुहोस् तपाईंको भाग्य चम्कने छ, साँढेको आशीर्वाद तपार्इंलाई जरूर मिल्नेछ, यो मेरो भनाइ होइन, किन्तु न्युयोर्कवासीको विश्वास हो ।’ यो रमाइलो कुरा सुन्दा पहिले त हामी सबै गलल्ल हाँस्यौँ, क्या ‘जोक’ गरेको भन्ठान्यौँ, तर हामीमध्ये ५–६ जनाले मुसुमुसु हाँस्तै बडो चाख मान्दै त्यस साँढे–प्रतिमाको अण्डकोषलाई सुमसुम्याउँदै मजासँग रगडेको देख्ता विकसित मुलुकका मानिसमा पनि अन्धविश्वासले राम्ररी जरा गाडेको देखेर म छक्क परेँ । कुनै देवी–देवतालाई दर्शन गर्दा, पूजाआजा गर्दा हाम्रो भलो हुन्छ भन्ने आस्था भएको मलाई एउटा साँढेको मूर्तिको फललाई सुमसुम्याउँदैमा आर्थिक लाभ अर्थात् सेयर कारोबारमा नाफा हुुन्छ भन्ने कुरामा पटक्कै विश्वास लागेन ।
(नियात्राकार राजकर्णिकारको आजै विमोचन हुने पुस्तक ‘यात्रा अमेरिकाको माया नेपालको’बाट । पुस्तक डिकुरा पब्लिकेसनले प्रकाशित गरेको हो ।)

प्रतिक्रिया