पाँच सवारी साधनमा तोडफोड

काठमाडौं, ८ असार । काठमाडौंको नैकापमा पार्किङ गरी राखिएका पाँच वटा सवारी साधानमा आज विहान अज्ञात समूहले तोडफोड गरेको छ ।
नैकाप–४ स्थित बैछाप सडकमा पर्किङ गरी राखिएका बा.२ ख १७६९, बा.१ ज ४७६९, बा.७ च ८०३४, बा.१ ज ७७०२ र बा.१ ख १५१ नम्वरका सवारी साधन विहान साढे १ बजे अपरिचित व्यक्तिहरुले तोडफोड गरेर क्षती पुराएको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार अभियुक्तहरुको खोजतलास गरिरहेको जनाएको छ । सवारी साधनमा तोडफोड गर्नुको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया