दाङ असार ८ । दाङको तुल्सीपुरमा आज विहान एकजना महिला मृत्त अवस्थामा फेला परेकी छन् । तुल्सीपुर–११, वटलपुरको नर्सरीमा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
सेतो, रातो वुट्टा भएको कुर्ता लगाएकी गहुँगोरो वर्णकी महिलाको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।
यसैबीच दाङमा हिजो फेला परेको एक वेवारीसे शवको अझै पहिचान हुन सकेको छैन । विजौरी–६, ग्वारखोला नजीकै गहुँगोरो वर्णको, खैरो हाफ पाइन्ट, खैरोमा सेतो बुट्टा भएको सर्ट, सेतोमा रातो बुट्टा भएको ढाका टोपी लगाएको, अन्दाजी ५० वर्षको व्यक्ति मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय तुल्सीपुरले जानकारी दिएको छ ।
उक्त वेवारिसे अवस्थामा भेटीएको शवको अझै पहिचान हुन नसकेको प्रहरीले वताएको छ । शवलाई राप्ती अंचल अस्पताल तुल्सीपुरमा राखिएको छ ।
प्रतिक्रिया