बाफ रे, कति अश्लील गाली

काठमाडौं, ८ असार । ‘चपली हाइट गर्ल’ बिनिता बराल साइबर क्राइममा मुछिएकी छन् । नायक राज घिमिरेलाई सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील गाली र ज्यान मार्नेसम्मको धम्की दिइएको घटनामा उनलाई प्रहरीले सोधपुछ गरेको छ ।
चपली हाइटकै को–स्टार राज घिमिरेले नायिका बरालसहित मोडेल दिक्पाल कार्कीविरुद्ध प्रहरीमा किटानी उजुरी हालेका हुन् । उजुरीलगत्तै मोडल कार्कीलाई प्रहरीले बुधबार साँझ पाँच बजे नयाँ बानेश्वरस्थित ‘जिरो प्वाइन्ट’ साइबरबाट पक्राउ गरेको थियो । प्रमाणका आधारमा कार्कीलाई प्रहरीले थप अनुसन्धानका लागि भन्दै सात दिनको म्याद थपेको छ ।
कार्कीले बिनय डिसी, मी दिक्पाल कार्की र सगुन केसी नामको फेसबुकबाट गाली बेइज्जती र ज्यान मार्नेसम्मको धम्की दिने गरेको भन्दै नायक घिमिरेले उजुरी हालेका थिए । पक्राउलगत्तै महानगरीय प्रहरी परिसर ललितपुर लगिएका कार्कीलाई छुटाउन नायिका बराल पनि परिसर पुगेकी थिइन् ।
कार्कीसँगै नायिका बरालविरुद्ध उजुरी परेपछि प्रहरीले दुवैजनासँग सोधपुछ गरेको थियो । कार्कीलाई बरालले भाइ भन्ने गर्छिन् । पछि प्रहरीले उजुरीकर्ता घिमिरेसँग पनि बयान लिएको थियो । बयानमा घिमिरेले आफूलाई बिनय डिसी, सगुन केसी र मी दिक्पाल कार्कीको नामका फेसबुक एकाउन्टबाट एकै प्रकृतिका बेइज्जतीपूर्ण सन्देश आएको बताएका छन् । दुवै फेसबुक एकाउन्टमा अपलोड गरिएको फोन नम्बरसमेत एउटै भएको बयान दिएपछि कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कार्कीले सुरुमा आफूले फेक फेसबुक आइडी नचलाएको दाबी गरेका थिए । उनको असली आइडी ‘मी दिक्पाल कार्की’ बाट पठाइएका मेसेज र फेक आइडीबाट पठाइएको मेसेजको प्रकृति एउटै पाइएपछि ‘केही दिनदेखि आºनो आइडी ह्याक भएको’ बयान प्रहरीलाई दिएका थिए । तर, कार्कीका साथी उज्ज्वल गिरीले बिनय डिसी र सगुन केसीको फेसबुक एकाउन्ट कार्कीले नै चलाउने गरेको बयान प्रहरीमा दिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक हेरेको थियो ।
उजुरीकर्ता राजले घटनामा बिनिता संलग्न रहेको बताएपछि दुवैजनाबीच भनाभन नै मच्चिएको थियो । बयानमा राजले कार्कीलाई उक्साउने बिनिता नै रहेको दाबी गरेका थिए । एउटै आइडीबाट एउटै प्रकृतिका गाली–बेइज्जती र धम्की आएको भन्दै राजको नेतृत्वमा अन्य आठजनाले पनि प्रहरीमा उजुरी हालेका थिए । उनीहरूमा शिवहरि दाहाल, डिपी शाह, पुण्य खड्का, यशराज गराज, नरेन खड्का, सौरमराज तुलाधर, आलोक नेम्वाङ र ऋषि लामिछाने रहेका छन् । उजुरीको संख्या थपिएपछि प्रहरीले बिहीबार पनि कार्की, घिमिरे र बिनितालाई थप बयान लिएको थियो ।
तर, प्रहरीले भने बिनिताको बयान नलिएको दाबी गरेको छ । प्रहरी परिसर राजेन्द्रमान श्रेष्ठले घटनामा बिनिताको संलग्नता नदेखिएको बताए । उनले भने, ‘बिनिताको घटनामा कुनै सम्बन्ध छैन, किन बयान लिने ?’
उजुरीकर्ता घिमिरेले भने घटना बिनिताकै योजनामा भएको दाबी गर्दै आएका छन् । कार्कीले समेत घटनामा बिनिताको संलग्नता भएको स्विकारेको घिमिरेको दाबी छ । घिमिरेले सौर्यसँग भने, ‘प्रमाणका आधारमा बिनिता र कार्कीलाई उजुर हालेका छौँ, कार्कीले नै घटनामा बिनिताको संलग्नता भएको स्विकारे ।’
निर्देशक आलोक नेम्वाङसँग आºनो सम्बन्ध राम्रो भएपछि बिनिता आफूसँग क्रुद्ध भएको दाबी घिमिरेको छ । उनले भने, ‘प्रहरीले बिनितालाई खोजिरहेको छ, भेट्टाए पक्राउ गर्छ ।’ तर परिसर प्रमुख एसएसपी श्रेष्ठले बिनितालाई प्रहरीले नखोजेको बताए । उनले भने, ‘घटनामा बिनिताको संलग्नता देखिएको छैन, किन खोज्ने प्रहरीले ?’
बिनिताले प्रहरी परिसर पुगेको स्विकारिन् । उनले भनिन्, ‘ऊ मेरो भाइ हो, त्यसैका लागि सपोर्ट गर्न गएकी हुँ ।’ नायिका बरालले कार्कीलाई भाइ बनाएको उल्लेख गर्दै भनिन्, ‘मेरो परिवारलाई केही प्रोब्लम हुन्छ भने म जहाँ पनि जान सक्छु, यसमा कसैले टाउको दुखाउनु आवश्यक छैन ।’
सौर्यसँगको कुराकानीमा बिनिताले घटनामा आफूलाई जबर्जस्ती मुछ्न खोजिएको बताइन् । ‘मेरो घटनामा संलग्नता भेटिए जस्तोसुकै सजाय पनि भोग्न तयार छु,’ उनले भनिन्, ‘राजको आरोपमा केही तुक छैन । छ भने म जेल बस्न पनि तयार छु, होइन रै’छ भने यसरी विनाकारण कसैलाई मुछ्न पाइँदैन । यो बेकारको डिस्टर्ब गरेर मेरो काममा अवरोध गराउन मिल्दैन । यसले केही हुनेवाला छैन ।’

मेसेज नम्बर १
जुन ९, बिनय डिसी –
के भनिस् रे जाँ… ? तैंले गर्ने बेला दुनियाँलाई गर्ने । मनपरी, किस खाएर, अनि मलाई देखाउने हो तैले मु… ? जा मु… तैंले बिनिता र सबिनाको …. चाटेर बस् साला कुकुर । सक्छस् भने रेखाको ….. चाट् साला कुकुर । त्यो थर्डक्लास बिनिता र सबिनाको के चाट्छस् हो तैले ?
मेसेज नम्बर २
जुन ११, बिनय डिसी– के भनिस् रे कुकुर तैले ? साला, चोर खाते साला….
साला कुकुर, खात्ते, तँ मु.. को होस् हँ ? देखा है मु… देखा । तैले तेरो बिनितालाई देखा । तेरो सबिनालाई देखा है मु… । साला कुकुर होस् बुझिस् ?
तँ मु.. साला खातेहरू मसँग किन निहुँ खोजेको होस् हाँ साला रन्डीका बानहरू हो । रन्डीको पुत्र हो । तँ मु…ले किन धेरै निहँु खोजेको ? तेरो आमा……. । तेरो दिदी बहिनीको….. बरु साला हरामीको छोराहरू हो, साला कुकुर माग्नेको सन्तान । ल ल मेरो… खान्छस्, मु… साला गोरु ……… तँलाई म ठीक पार्छु साला कुकुर, चुतिया, चोर, साला, भाते, खाते, खान नपाएको बासी भाते कुकुरहरू हो साला । आज भने देखिस्, सक्छस् भने यो फोन नम्बरमा फोन गर मु…. । मेरो नम्बरमा । खेल्छस् फाइट मसँग । मेरो बडी ठूलो छ । खान्छस् मेरो …..  साला कुकुर हरामी ।
मेसेज नम्बर ३
मी दिक्पाल कार्की– तैले इमेलमा केके भन्दै हिँड्दो रहेछस् । आलोकसँग मिलेर तैले मलाई र बिनितालाई भन्दै हिँडेको रहेछस् । अब तँ र तिमीहरूको सर्कललाई ठीक गरिदिन्छु …….. रन्डीको छोरा अब देखाइदिन्छु । तँलाई के पो गरौँला, तेरो ज्यान छाड्दिनँ । कहाँ लुकाएर बसिरहेछस् । खाते तेरो सन्तानलाई मैले के–के गरेको थाहा छ । अबदेखि बिनिता दिदीलाई र मलाई नराम्रो भनेको सुनेमा म टाउको काटिदिन्छु । खाते अब यस्तो गरिस् पक्का तँ मर्ने भइस् अब ।

जेल जान तयार छु

— बिनिता बराल

तपाईंको बारेमा अहिले आएको विवाद के हो ?
मलाई केही थाहा छैन । यस विषयमा दिक्पाल कार्की र एसपीसँगै कुरा गर्नुस् । यदि, पुलिसले यो केसमा संलग्न छ भन्छ भने म जे स्पष्टीकरण दिन पनि तयार छु । जसले यो कुरा ल्याएको हो उसैसँग कुरा गर्नु ।
तपाईंले नै दिक्पाललाई उक्साएको भन्छन् नि राज ?
आरोप लगाउन सजिलो हुन्छ । मलाई पनि त्यस्ता अश्लील मेसेज आउँछन् । मैले त्यो राजले गरेको पनि भन्न सक्छु । त्यसको केही तुक भएन । केही प्रमाण छ भने म जे सजाय भोग्न पनि तयार छु । जेल बस्न पनि तयार छु । होइन रै’छ भने यसरी विनाकारण कसैलाई मुछ्न पाइँदैन । यो बेकारको डिस्टर्ब गरेर मेरो काममा अवरोध गराउन मिल्दैन । यसले केही हुनेवाला छैन ।
तपाईं हिजो पुलिसमा त जानुभएको थियो रे नि ?
ऊ मेरो टीका लगाएर बनाएको भाइ हो त्यसका लागि सपोर्ट गर्न गएको हुँ । भाइका लागि जानैपर्छ । ऊ मैले बनाएको भाइ हो । मेरो परिवारलाई केही प्रोब्लम हुन्छ भने म जहाँ जान पनि सक्छु । म यसमा उहाँहरूको केही टाउको दुखाइ छैन ।
भाइले नै तपार्इंलाई पोलेको छ रे नि ?
त्यो मलाई थाहा छैन । मलाई भनेको पनि छैन । भनेको भए पुलिसबाट फोन आउँथ्यो होला । जुन दिन पुलिसबाट फोन आउँछ, त्यसपछि म जहाँ जानुपरे जाउँला । त्यसका लागि म जे स्पष्टीकरण दिन पनि तयार छु ।
तपाईंले उहाँसँग कुन–कुन चलचित्रमा काम गर्नुभयो ?
मैले उहाँसँग एउटा चलचित्र मात्र गरेको हो । उहाँको बानी–व्यहोरा मलाई मन परेन । त्यसैले म उहाँसँग त्यति बोल्दिनथेँ । चलचित्र सँगै गरे पनि चलचित्रको काममा बाहेक हाम्रो बोलचाल कमै हुन्थ्यो ।

प्रतिक्रिया