नयाँ माओवादी गठनको घोषणा

काठमाडौं, ५ असार । एमाओवादीका असन्तुष्ट मोहन बैद्य समूहले राष्ट्रिय भेला मार्फत नेपाल कम्युनिष्ट पार्टी, माओवादी निर्माण गरिएको घोषणा गरेको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आज पत्रकार सम्मेलन गरेर बैद्य पक्षको नयाँ माओवादीले अलग पार्टी गठन गरेको जनाएको हो । बैद्य पक्षको भेला राजधानीमा तीन दिन सम्म चलेको थियो । सोही भेलाले नयाँ माओवादी जन्माएको थियो ।
बैद्यको अध्यक्षतामा रहेको नेकपा, माओवादीको महासचिवमा रामबहादुर थापा, सचिव सिपी गजुरेल लगायतका पदाधिकार रहेका छन् ।
बैचारिक मतभेदका कारण पार्टी विभाजन गर्नुपरेको जनाएका नयाँ माओवादीका अध्यक्ष बैद्यले क्रान्तिकारी नेताहरुलाई आफ्नो पार्टीमा आउनपनि आह्वान गरेका छन् ।
उनले जनविद्रोहको तुरुन्तै सम्भावना नभएपनि लामो तयारी पश्चात जनक्रान्तिमा जाने निश्चित भएको बताए ।
जनमुक्ति सेनलाई नसस्त्रिकरण गरेको, नयाँ संविधान निर्माणमा असफल भएको, भारतपरस्त रहेको लगायतका आरोप एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईलाई बैद्यले लगाएका छन् ।
दाहाल र भट्टराई सच्चिएर आए उनीहरुसंग फेरि पनि एकता हुनसक्ने बैद्यले बताए ।

प्रतिक्रिया