क्यासिनो अन्नाबाट नौं नेपाली पक्राउ

काठमाडौं, ४ असार । क्यासिनो अन्नामा जुवाखेल्दै गरेका नौ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको दरवारमार्गस्थित अन्ना क्यासिनोमा जुवातास खेलीरहेका भक्तपुर जिल्ला दधिकोट–२ बस्ने ३७ बर्षीय भदुराम न्यौपाने सहित ९ जना नेपाली नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई कारबाही गरिने प्रहरी भनाई छ ।
नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्नका लागि कानूनी रुपमा प्रतिवन्ध छ । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न दिने सञ्चालकलाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा भने प्रहरीले केही जनाएको छैन ।

प्रतिक्रिया