एफएमका पत्रकारलाई पुनर्वहाली गर्न माग

काठमाडौं, ४ असार । नेपाल प्रेस युनियनले रामेछाप जिल्लास्थित ‘रेडियो हजुरको एफएम’का पत्रकार कर्मचारीलाई पुनर्वहाली गर्न माग गरेको छ ।
युनियनका महासचिव शिव लम्सालले आज विज्ञप्ति जारी गरेर एफएमका पत्रकार कर्मचारीलाई निष्कासन गरेर व्यवस्थापन पक्षले श्रमजीवी ऐनको उलंघन गरेको जनाएका छन् । उनले श्रमजीवि सञ्चाकर्मीहरुले आफ्नो पेशालाई सुरक्षीत महशुस गर्न नसक्नु गम्भीर दुर्भाग्य रहेको बताएका छन् ।
एफएमका पत्रकार कर्मचारी विगत एक बर्षदेखि सेवा सुविधालाई लिएर आन्दोलनमा छन् । पत्रकार कर्मचारीको माग व्यवस्थापन पक्षले पुरा गर्न नमानेको उनीहरुको आरोप छ ।
हड्तालको वेवास्ता गर्दै व्यबस्थापनले एकलौटी रुपमा रेडियोबाट गीत मात्र बजाउदै आएको युनियनले उल्लेख गरेको छ ।

प्रतिक्रिया