सेयरधनीको ६४ अर्ब गुम्यो

काठमाडौं, ३ असार । संविधानसभाको विघटनपछि हालसम्म सेयरधनीहले ६४ अर्बभन्दा बढी गुमाएका छन् । माओवादी लडाकाको हतियार व्यवस्थापनलगायत संविधान बन्ने आशामा बढेको सेयरबजार संविधानसभाको विघटनसागै लगातार घटिरहेको छ ।
गत वैशाख २५ गते चार सय ३२ दशमलव ८३ विन्दुमा पुगेको सेयर बजार जेठ ३२ गतेसम्म पुग्दा तीन सय ६४ दशमलव ६७ विन्दुमा पुगेको छ । यस अवधिमा समग्र बजारमापक नेप्से परिसूचकमा ६८ दशमलव १६ विन्दुले घटेको छ भने बजार पुाजीकरण ६४ अर्ब ३१ करोड ९८ लाख ३० हजार रुपियााले घटेको छ ।
बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनीको प्रभुत्व रहेको नेपाली सेयर बजारमा बैंकहरूको घट्दो मुनाफासागै राजनीतिक अस्थिरता पनि बढेपछि बजारमा झन् गिरावट आएको विज्ञ बताउछन् । बैंक तथा वित्तीय संस्थाले घरजग्गामा गरेको ऋण लगानी उठ्न नसकेर ऋण नोक्सानी व्यवस्थाबापत् नाफाको अत्यधिक अंश छुट्याउनु परेकाले बैंक तथा वित्तीय संस्थाको मुनाफामा गिरावट आइरहेको छ । विगतका दिनमा आकर्षक प्रतिफल प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाले आगामी दिनमा घट्दो नाफाका कारण आकर्षक प्रतिफल दिन नसक्ने निश्चित भएको छ । सेयरमा लगानी गरेर प्रतिफलको आशामा जोखिम मोल्नुभन्दा जोखिमरहित रूपमा बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्नु नै फाइदा रहेकाले पनि सेयरबजार खस्केको अर्काथरी विज्ञको विश्लेषण छ ।
गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय १४ कम्पनीका ६ हजार तीन सय १६ कारोबारबाट १६ करोड ९५ लाख आठ हजार रुपियाँ बराबरका आठ लाख ११ हजार ४१ कित्ता सेयर खरिदबिक्री भएका छन् । अघिल्लो साता एक सय नौ कम्पनीका सात हजार ६ सय ६६ कारोबारबाट ३० करोड १३ लाख ५० हजार रुपियाँ बराबरका १२ लाख ९६ हजार १८ कित्ता सेयर खरिदबिक्री भएका थिए । निरन्तर घट्दो बजारले निराश बनेका सेयरधनीका कारण अघिल्लो हप्ताका तुलनामा सेयर कारोबार रकममा ४३ दशमलव ७५ विन्दुले गिरावट आएको छ । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र नौ करोड तीन लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ५३ दशमलव २८ प्रतिशत हो ।
गत साता बैंक अफ काठमाडौंको सबैभन्दा बढी रकम एक करोड ९५ लाख रुपियााको सेयर कारोबार भएको थियो भने सिटिजन्स बैंकका सबैभन्दा बढी कित्ता एक लाख ४७ हजार नौ सय ७६ कित्ता सेयरको कारोबार भयो । त्यसैगरी रारा विकास बैंक सबैभन्दा बढी चार सय ४४ पटक कारोबार भएको थियो । गत साता सिटिजन्स बैंकको एक करोड ६५ लाख, चिलिमे हाइड्रोपावरको ९५ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८९ लाख ४० हजार र एभरेस्ट बैंकको ७१ लाख रुपियाा बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया