पार्टीका कार्यक्रममा सहभागी नहुन आह्वान

काठमाडौं : नेपाली कांग्रेसनिकट विभिन्न जातीय संगठन, निवर्तमान सभासद् र केन्द्रीय सदस्यहरूले संघीयताका विषयमा पार्टीले स्पष्ट धारणा नबनाएसम्म पार्टीले आह्वान गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । उनीहरूले शनिबार विज्ञप्ति जारी गर्दै सभापति सुशील कोइरालाले आºना माग सुनुवाइ नगरेको आरोप लगाएका छन् ।
आºना मागको सम्बोधन नगरेसम्म पार्टीले गरेको कुनै पनि कार्यक्रममा सहभागी नहुनसमेत उनीहरूको आग्रह छ । ‘हामीले ज्ञापनपत्र बुझाए पनि भएको पार्टी केन्द्रीय समिति बैठकमा पार्टीको आन्तरिक झगडा र भागबन्डाले मात्रै स्थान पायो, तर हाम्रो ११ वुँदे ज्ञापनपत्रले प्रवेश नै पाएन,’ जारी विज्ञप्तिमा भनिएको छ,, ‘हामी सम्पूर्ण आदिवासी जनजातिले आफ्नै पार्टीबाट अपमानित भएको महसुस गरेका छौँ ।’
पार्टीभित्र जातीय पहिचानको माग गर्दै आन्दोलनरत विभिन्न जातीय संघका प्रतिनिधिले जेठ २४ मा सभापति कोइरालालाई जातीय पहिचानसहितको संघीयताका विषयमा पार्टीको आधिकारिक धारणा बनाउन माग गरेका थिए । जनजाति नेताले त्यसपछि बसेको पार्टी केन्द्रीय समिति बैठकमा आºना मागले प्रवेश नपाएको भन्दै पार्टीको कार्यक्रम बहिष्कार गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीभित्र रहनुभएका पहिचानसहितको संघीयता पक्षधर केन्द्रीय सदस्य, पूर्वसभासद् साथै अन्य सबैलाई पार्टीको कुनै पनि कार्यक्रममा उपस्थित नभइदिनुहुन अपिल गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्य नरेन्द्रविक्रम नेम्वाङ, सीता गुरुङ, नेपाल आदिवासी जनजाति संघ सभापति इन्द्रबहादुर गुरुङ, पूर्वसभासद् जिपछिरिङ लामा शेर्पा, कुमार राई, उर्मिला थापामगर, हर्षजित लामा, दिलमान पाख्रिनसहित २९ जना नेता तथा कार्यकर्ता छन् । (सौस)

प्रतिक्रिया