दाहालद्वारा कोइराला, खनाल र नेपालसँग परामर्श

काठमाडौं, २ असार । संविधानसभा विघटनसँगै दलहरुका वीच सम्बन्ध विग्रिएका समयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले र कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग अलग, अलग भेटबार्ता गरेका छन् ।

काठमाडौंमा आज भएका भेटमा राष्ट्रिय सहमति जुटाएर जाने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् ।
महाराजगञ्जमा भएको भेटमा दलहरुको सहमतिविना नै कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले जथाभावी महत्वपूर्ण निर्णय गर्दै हिडेको भन्दै सभपाति कोइरालाले अध्यक्ष दाहालसँग असन्तुष्टि जनाएका थिए ।
सभापति कोइरालाको असन्तुष्टि पछि अध्यक्ष दाहालले आफूहरु सहमति गरेर जान इच्छुक रहेको भन्दै निकासका लागि सहयोग गर्न कांग्रेससँग आग्रह गरे ।
भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुका वीच सहमति आवस्यक रहेको बताए । उनले भने, ‘दलहरुका वीच सहमतिको विकल्प छैन ।’
अध्यक्ष दाहालले मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने समेत उल्लेख गरे ।
कांग्रेस सभापति सुशील कोइरालाले दलहरुका वीच भएको पाँच बुँदे सहमति एमाओवादीले भत्काएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सहमति कार्यान्वयन गरेर देखाउनु पर्नेमा एमाओवादीले सहमति भत्काउने मात्रै गर्छ ।’
त्यसै गरेर अध्यक्ष दाहालले एमाले अध्यक्ष खनाल र पूर्व प्रधानमन्त्री नेपालसँग पनि राष्ट्रिय सहमति गरेर जानका लागि आफू तयार रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
भेटपछि एमाले वरिष्ठ नेता समेत रहेका नेपालले आफूहरु सहमतिका लागि तयार भएपनि पहिला कामचलाउ सरकारले निकासका लागि मार्गप्रसस्त गर्नुपर्ने सुझाव दिएको उल्लेख गरे ।
कांग्रेस÷एमाले सहितका साना विपक्षी दलहरुले कामचलाउ सरकार असंवैधानिक रुपमा काम गर्दै हिड्न थालेको भन्दै आन्दोलनमा उत्रिए पछि एमाओवादी अध्यक्ष दाहालले राजनीतिक परामर्श थालेका हुन् ।
संविधानसभा विघटन भएपछि जेठ–१४ यता कांग्रेस÷एमाले र एमाओवादीवीच सम्बन्ध चिसिएको थियो ।
कांग्रेस र एमाले लगायतका दलले कामचलाउ सरकारलाई महत्वपूर्ण निर्णय गर्दा राष्ट्रिय सहमति मात्रै गर्नुपर्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया