मोनरोय बनिन् बिना

खै के सनक चढेर हो कुन्नी, पाकिस्तानी अभिनेत्री बिना मल्लिकले अमेरिकाकी स्वर्गीय अभिनेत्री मेरिलिन मोनरोयको अवतार बन्ने जमर्को गरेकी छन् † विद्या बालनद्वारा अभिनित फिल्म ‘द डर्टी पिक्चर’ को कन्नड भर्सन ‘सक्काथ सिल्क मगा’ को प्रोमोमा बिनाले मोनरोय बन्न खोजेको देखिएको हो ।
कामुकताकी प्रतीक मोनरोयलाई धेरैले ‘यौनकी देवी’ मान्ने गरेका छन् । उसो त बिनाले पनि एउटा पत्रिकाका लागि नग्न फोटो खिचाएर आफ्नो कामुकताको विज्ञापन गर्ने काम गरिसेककी छिन् । उनको प्रयासलाई सफल मान्नैपर्छ किनकि त्यही फोटोका कारण उनी भारतको फिल्मी दुनियाँमा परिचित बन्न पुगेकी छन् ।
फिल्म निकट स्रोतले भन्यो, ‘बिना र निर्देशक दुवैले फिल्मलाई ‘हिट’ बनाउन कुनै कसर बाँकी नराख्ने निश्चय गरेका थिए । विद्या बालनको डर्टी पिक्चर भन्दा यसको कन्नड भर्सनलाई बढी कामुक बनाउने अठोट उनीहरूले गरेका थिए ।’ यसै उद्देश्यले निर्देशकले मोनरोयको भेषमा बिनालाई देखाएको हुनसक्ने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया