रातारात जंगल छाडेर बमजन टाप

वीरगन्ज, २ असार । बाराको हलखोरिया जंगलमा तपस्या गर्दै आएका रामबहादुर बमजन बिहीबार राति भागेका छन् । स्थानीय प्रशासनले कारबाही गर्ने सम्भावना बढेपछि उनी तपस्यास्थल छाडेर हिँडेका हुन् ।
बमजनले तपस्यास्थलमा रहेका आफ्ना बन्दोबस्तीका सामान सबै ट्रकमा हालेर आफू टाटासुमो चढी हिँडेकोस्रोतले जनाएको छ । उनले बुद्धका दुई ठूला मूर्ति पनि लिएर गएका छन् । अन्दाजी १०/१२ फिटको धातुको एउटा मूर्ति ट्रकमा हालेर लगेको र अर्को ढुंगाको मूर्ति हरैया गाविसको रामनगरमा रहेका अनुयायी रामकुमार थिङको घरमा पठाएको स्रोतले बतायो ।
बिहीबार राति बमजन अचानक हिँडेपछि तपस्यास्थलबाट उनका अनुयायी पनि लाखापाखा लागेका छन् । दिनहँु बमजनका अनुयायी र समर्थकको चहलपहल देखिने तपस्यास्थल शुक्रबार बिहानैदेखि सुनसान छ । बमजनको संरक्षणका लागि खोलिएको बोधी श्रवण धर्मसंघले बमजन भ्रमणका लागि सिन्धुली गएको जनाएको छ । संघका सचिव रामकुमार थिङले बमजन भागेको नभई धार्मिक भ्रमणका लागि सिन्धुली गएको बताए ।
आºना सीमित अनुयायीका साथ हिँडेका बमजनलाई इलाका प्रहरी कार्यालय निजगढले पूर्व–पश्चिम राजमार्गमा बिहीबार राति फेला पारेको थियो । राजमार्गमा बिहीबार राति गाडी चेकजाँचका क्रममा बमजन ना.२च १७६० नम्बरको रातो रंगको टाटा सुमोमा जाँदै गरेको भेटिएको इन्स्पेक्टर रेवतीरमण पोखरेलले बताए । पोखरेलका अनुसार टाटासुमोमा बमजनसँगै उनका नौजना अनुयायी थिए ।
‘नीलो गन्जी र सेतो धोती लगाएका बमजन गाडीमा आºना अनुयायीसँगै थिए,’ इन्स्पेक्टर पोखरेलले शुक्रबार सौर्यसँग भने, ‘आफू सिन्धुली हिँडेको र केही दिनपछि फर्किने उनी आफैँले बताए ।’ प्रहरीले गाडी खानतलासी गरे पनि केही नभेटिएपछि पठाइदिएको पोखरेलको भनाइ छ । बमजन आºना अनुयायीका साथ शुक्रबार सिन्धुलीको मजिङटार पुगेका छन् ।
सञ्चारकर्मीसँग बमजनका अनुयायीले हलखोरियामा बस्ने वातावरण नभएका कारण त्यहाँबाट हिँडेको बताएका छन् । बाराका पत्रकार र स्थानीय केही विरोधीले विभिन्न वितण्डा खडा गरेर बमजनलाई विवादमा मुछ्ने काम गरेको उनीहरूको आरोप छ । तपस्यास्थलमा जंगल फाँडेर बमजनका अनुयायीले बनाएको भौतिक संरचना जिल्ला वन कार्यालयले शनिबारदेखि भत्काउने योजना बनाएको छ । बमजनले आफू बस्नका लागि जंगलभित्रै तपस्यास्थलमा दुईतले पक्की भवनसमेत बनाउन लगाएका थिए ।
बमजनलाई दोहोरो जन्मदर्ताको प्रमाणपत्र दिएको भन्दै रतनपुरी गाविसका सचिव आस महम्मद अन्सारीलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको छ । सो विवादमा आफू पनि कारबाहीमा पर्न सक्ने भएपछि बमजन र संघका कार्यकर्ताले तपस्यास्थल छाडेको स्रोतको दाबी छ । गाविससचिव अन्सारीलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय पर्साले कारबाहीका लागि जिल्ला विकास समितिको जिम्मा लगाइसकेको छ । बमजन र संघविरुद्ध बमजनकै परिवारका सदस्यले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।
पछिल्लो समय बमजन पत्रकार कुटेको, विदेशी महिलालाई बन्धक बनाएको, आºनै परिवारका सदस्यमाथि आक्रमण गरेकोलगायत घटनामा मुछिएका थिए । हालै मात्र बमजनका अनुयायीले उनलाई धार्मिक नाममा नागरिकता र रातो पासपोर्ट दिलाउनुपर्ने माग राखी चक्काजाम
समेत गरेका थिए ।

प्रतिक्रिया