दुई साता पछि मार्कसिट जिल्ला पुग्ने

काठमाडौं, ३२ जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधाबार सार्वजनिक भएको २०६८ सालको प्रवेशिका परीक्षाको लब्धांकपत्र, प्रमाणपत्र र लेजर दुई सातापछि जिल्ला पठाउने जनाएको छ ।
नतिजाको मार्कसिट, सर्टिफिकेट र लेजर एकैपटक जिल्ला–जिल्ला पठाइन गृहकार्य भईरहेको परीक्षा नियन्त्रक डिल्लीराम रिमालले जानकारी दिए ।
सर्टिफिकेट र लेजर प्रिन्ट गर्न समय लाग्ने भएकाले दुई सातापछि सबै परीक्षार्थीको मार्कसिट, सर्टिफिकेट र लेजर जिल्ला शिक्षा कार्यालयमा पठाउने रिमालले बताए ।
दुई विषय अनुत्तीर्ण हुने परीक्षार्थीका लागि आगामी साउन १७ गते बुधबारदेखि परीक्षा सञ्चालन हुने भएको छ । साउन २४ गते बुधबार सम्पन्न हुने पूरक परीक्षामा यस पटक एक लाख २१ हजार परीक्षार्थी सहभागी हुने छन् ।
२०६८ सालको एसएलसी परीक्षा राम्रोसँग सञ्चालन गर्ने ४० जिल्लाका ४३ वटा केन्द्र र केन्द्राध्यक्षलाई असार महिनामा १५ हजार र १० हजारका दरले पुरस्कार दिने रिमालले बताए ।

प्रतिक्रिया