विज्ञहरु ‘बायस’ भएः अर्थमन्त्री पुन

काभ्रे, ३१ जेठ । अर्थमन्त्री बर्षमान पुनले अर्थविद्हरुले वायस भएर बजेटका विषयमा राष्ट्रपति डा.रामवरण यादवलाई सुझाव दिएको आरोप लगाएका छन् ।
काभ्रेको धुलिखेलमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले विज्ञहरुको सुझाव अर्थतन्त्र विग्रने खालको हुन नहुने बताए । ‘एमाओवादी, कांग्रेस, एमाले, र मधेसवादी निटक विज्ञहरुले आ–आफ्नै ढंगले सुझाव दिन्छन्,’ उनले भने, ‘विज्ञहरुले पनि एउटै धारणा बनाउन सकेनन् ।’
उनले विज्ञहरुले राजनीतिक आस्थालाई एकतिर राखेर साझा धारणा आउनुपर्ने बताए ।
मन्त्री पुनले सरकारले बजेटको तयारी धमाधम गरिरहेकाले अध्यादेश मार्फत पूर्ण बजेट आउने उल्लेख गरे ।
‘संसद नभएको अवस्थामा अध्यादेशबाट बजेट आउनुको विकल्प छैन’ उनले भने, ‘बजेट लगानी प्रर्वद्धन, रोजगारीको बृद्धि, उत्पादन बृद्धि गर्ने, देशभित्र आन्तरिक र बाह्य लगानीमैत्री बजेट हुन्छ ।’
मन्त्री पुनले बजेट ल्याउने विषयमा राजनीतिक रुपमा र अन्य सरोकारवालाहरुसँग छलफल गर्न आफूहरु तयार रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया