एसएलसीको नतिजा सावर्जनिक(नतिजा समेत)


         यो निलो मसीले result रिजल्ट लेखेको स्थनामा क्लीक गरेर एसएलसी २०६८ सालको सबै रिजल्ट डाउनलोड गरी नतिजा थाहा पाउन सक्नु हुन्छ । त्यसै गरेर समाचारको सबै भन्दा तल निलो मसीले नै  रिजल्ट लेखेकोमा पनि क्लीक गरेर डाउनलोड गर्न सक्नु हुन्छ । 

 

काठमाडौं, ३१ जेठ । २०६८ सालको प्रवेशिका परीक्षा एसएलसीको नतिजा आज सार्वजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा बसेको एसएलसीको बोर्ड बैठकले परीक्षाको नतिजा प्रकाशन गरेको परीक्षा नियन्त्रक डिल्लीप्रसाद रिमालले जानकारी दिए ।
यस पटक नियमित तर्फ ४७ दसमलव १६ र एक्जाम्टेड तर्फ १३ दसमलव ७० प्रतिसत परीक्षार्थी उत्तीर्ण भएको नियन्त्रणक रिमालले बताए । अघिल्लो बर्ष भन्दा यस पटक विद्यार्थी केही थोरै उत्तीर्ण भएका छन् ।
नियमित तर्फ २ लाख आठ हजार एक सय ८७ पास भएका छन् ।
यस पटक विशिष्ट श्रेणीमा १७ हजार एक सय ६०, पहिलो श्रेणीमा ७७ हजार २ सय ५७, दोस्रो श्रेणीमा ९३ हजार ८ सय ३० र तेस्रो श्रेणीमा ८ हजार ७ सय ९१ जना उत्तीर्ण भएका छन ।

एक्जम्टेड तर्फ कुल ७६ हजार ९ सय ७९ सहभागी मध्ये १० हजार ५ सय ९५ उतिर्ण भएका छन् । त्यसमध्ये पहिलो श्रेणीमा १ सय २६, दोस्रो श्रेणीमा ७ हजार ५ सय ९५ र तेस्रो श्रेणीमा २ हजार ८ सय २८ उतिर्ण भएका छन् ।

नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए ।
बोर्ड बैठक पछि आयोजित पत्रकार सम्मेलनमा दिईएको जनाकारी अनुसार विद्यार्थीलाई पाँच अंक ग्रेस दिईएको छ ।

एसएलसीको नतिजा छिटो थाहा पाउन नेपाल टेलिकमको टेलिफेनमा १६०० डायल गरेर सुनिने निर्देशन अनुसार नतिजाको जानकारी पाउन सकिने छ । १४०० मा पनि एसएमएस गरेर नतिजा जानकारी पाउन सकिने छ ।

२०६८ सालको एसएलसी परीक्षामा नियमित तर्फ र एक्जाम्टेड गरी पाँच लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी थिए ।
जसमध्य नियमित तर्फ ४ लाख ४६ हजार १ सय ६६ र एक्जाम्टेड तर्फ ३६ हजार ३ सय ४१ परिक्षार्थीको सहभागिता थियो ।
अघिल्लो बर्ष एसएलसीको नतिजा असारमा प्रकाशित भएको थियो ।

एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने समाचार थाहा पाएपछि परीक्षा नियन्त्रकको कार्यालय सानोठिमीमा विद्यार्थी र अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय आसपासमा उच्च सुरक्षा सतर्कता समेत अपनाईएको थियो ।
यस बर्षको एसएलसी परीक्षा चैत सात देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

result

प्रतिक्रिया