अनाथ आश्रममा यौनदुव्र्यवहार

बुटवल : कोटिहवास्थित बालआश्रमका सञ्चालकले नै यौनदुव्र्यवहार गरेको खुलासा भएको छ  । कोटिहवास्थित अविनाश आश्रमका बालिकालाई २९ वर्षीय आशिष थापाले जबर्जस्ती यौनजन्य कार्य गरेका हुन् ।
थापा आश्रमका सञ्चालक समिति अध्यक्ष ५२ वर्षीय रमेश थापाका छोरा हुन् । दुव्र्यवहारको घटना सार्वजनिक भएपछि प्रहरीले अध्यक्ष थापासहित सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको छ । आरोपी थापा फरार रहेको एसपी रवीन्द्र रेग्मीले बताए ।
क्रिस्चियन धर्मावलम्बीद्वारा सञ्चालित आश्रममा ३४ बालिका आश्रय लिएर बसेका छन् । आश्रममा नौदेखि १७ वर्ष उमेर समूहका बालिका बस्दै आएका थिए । संस्थाका व्यवस्थापक थापाले १४ वर्षीया किशोरीलाई एक वर्षदेखि यौनशोषण गर्दै आएको पीडित बालिकाले उजुरी गरेपछि घटना बाहिर आएको हो ।
आश्रमका सञ्चालक थापाले अन्य बालिकालाई पनि संवेदनशील अंगमा छुने, दुव्र्यवहार गर्ने गरेको बालिकाहरूले बताए । एक वर्षदेखि आश्रममा यौनदुव्र्यवहारका घटना भए पनि घटना बाहिर आएको थिएन । इसाई धर्मावलम्बीबीचमै कुरा नमिलेपछि घटना सार्वजनिक भएको हो । (सौस)

प्रतिक्रिया