उपस्वास्थ्य चौकीको सेवा कृषि केन्द्रबाट

सुर्खेत(बिजौरा), २८ जेठ । आगलागीबाट क्षतीग्रस्त बनेको २ साता बितिसक्दा पनि बिजौरा उपस्वास्थ्य चौकीको पुनःनिर्माण भएको छैन ।
जेठ–१४ गते उपस्वास्थ्यचौकीमा रहेको मट्टितेलबाट चल्ने फ्रिजमा अचानक आगलागी हुँदा उपस्वास्थ्य चौकी बिजौराको तीनकोठे भवन जलेर पूर्ण रुपमा क्षती भएको थियो ।
२०६२ सालमा १५ लाख ५५ हजार ५ सय बराबरको लागतमा उपस्वास्थ्य चौकी निर्माण गरिएको हो । उपस्वास्थ्य चौकीमा आगलागी भएको २ साताबिती सक्दा पनि पुनःनिर्माणको काम शुरु नभएपछि बिरामीलाई कृषि केन्द्रको भवनबाट सेवा उपबल्ध गराउदै आईएको छ ।
उपस्वास्थ्य चौकीका ईन्चार्ज गगनसिह पाण्डेले आगलागीबाट रहेको २ ओटा दराज, महत्वपूर्ण कागजपत्र, औषधि समेत जलेर नष्ट भएको जानकारी दिए ।
गर्मीको समय बढ्दै जाँदा उपस्वास्थ्य चौकीमा बिरामीको संख्यामा पनि बृद्धि भएको छ ।
विरामीका लागि औषधिको समेत अभाव भएको छ । उपचारका लागि चौकीमा दैनिक २० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

प्रतिक्रिया