पर्यटन व्यवसायमा चुनौती थपिएको गुनासो

पोखरा, २८ जेठ । होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघ पोखराले पर्यटन क्षेत्रमा व्याप्त उर्जा संकटले व्यवसायमाथि नै चुनौती थपिएको जनाउँदै समाधानमा सरकारले तत्काल कदम चाल्न माग गरेका छन् ।
होटल संघ नेपालका अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिले आज विज्ञप्ती जारी गरेर पर्यटन क्षेत्रको सुधार गर्न उर्जा संकट समाधान गर्नुपर्ने माग राखेका हुन् ।
उर्जा संकटका कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको बताउँदै उनले सरकारसंग तत्काल समाधान गर्न माग गरेका छन् ।
लोडसेडिङ, पेट्रोलियम पदार्थको महंगी तथा अन्य आधारभूत सुविधाहरु सरकारी तर्फबाट उपलब्ध नहुँदा पर्यटन क्षेत्र धरासायी हुने डर बढेर गएको उनले बताए ।
पर्यटन क्षेत्रले उर्जा संकट बाहेक वातावरणको दुष्प्रभाव, बन्द हड्ताल एवं श्रम विवाद जस्ता समस्याहरु समेत झेल्दै आउनुपरेको उनले उल्लेख गरेका छन् ।
कक्षपतीले भने, ‘पर्यटन प्रवद्र्वनका लागि स्थापना भएको नेपाल पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत विहिन रहेको हुँदा निस्किृय प्राय रहेको छ ।’
पर्यटन व्यवसायीहरुले लामो समयदेखि पोखरामा निर्माण गर्ने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अझसम्म कागजी योजनामा मात्र सिमित रहेको तर्फ उनीहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया