नयाँ निर्वाचन हुनै पर्छः कोइराला

विराटनगर, २९ जेठ । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संविधानसभा पुनःस्थापित गराए नयाँ संविधान वनाउन खोजिए मुलुक जातीय द्वन्द्वमा फस्ने वताएका छन ।
विराटनगरमा आज आयोजित कार्यक्रममा कोइरालाले नयाँ निर्वाचनबाट मुलुकलाई निकास दिनुपर्ने बताए । ‘नयाँ निर्वाचनबाट सबै जातजाति आउछन्,’ उनले भने, ‘त्यस पछि समावेशि आधारमा अधिकार सहितको संविधान जारी गर्नुपर्छ ।’
जातीय आधारमा धेरै दलहरु जन्मिए दलहरु कमजोर हुने भन्दै उनले त्यस्तो अवस्था आए मुलुकमा जातीय द्वन्द्व भड्कने सम्भावना उच्च रहने उल्लेख गरे ।
आयोग गठन गरेर संविधान निर्माण गर्नुपर्ने जनाएका केन्द्रीय सदस्य कोइरालाले सो संविधान संसदको दुई तिहाईले अनुमोदन गर्न उपयुक्त हुने बताए ।

प्रतिक्रिया