‘नीतिगत स्थायित्व भए वैदेशिक लगानी आउँछ’

नेपालमा वैदेशिक लगानी भित्र्याउने र दीर्घकालीन प्रकृतिका आयोजना सञ्चालन गर्ने उद्देश्यले लगानी बोर्डको गठन भएको छ । राजनीतिक संक्रमणकालीन अवस्थामा पनि देशलाई आर्थिक समुन्नतिको बाटोमा अग्रसर तुल्याउने बोर्डको उद्देश्य छ । यहीबीच बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका राधेश पन्तलाई सरकारले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंकलगायतका बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका पन्तसाग सौर्य दैनिकका बाबुकृष्ण महर्जनको कुराकानी :

निजी क्षेत्रमा सफल व्यक्तित्व तपाईं कसरी सरकारी क्षेत्रतिर आकर्षित हुनुभयो ?
नेपालमा प्राकृतिक स्रोत अनगिन्ती छन् । जलस्रोत एउटा उदाहरण मात्र हो । देशको विकास गर्नका लागि बाटाघाटा धेरै बन्नु छ । कृषि र पर्यटनमा त्यस्तै सम्भावना छ । लगानी बोर्डको ऐन, नियमावलीमा बोर्डलाई धेरै जिम्मेवारी प्रदान गरिएको छ । मैले जीवनमा धेरै कुराहरू गरेँ । धेरै समय बैंकिङ क्षेत्रमा काम गरेँ । लगानी बोर्डको प्रमुख कार्यकारीको अवसरलाई मैले एउटा चुनौतीका रूपमा स्विकारेको छु ।
नेपालले जलस्रोत र पूर्वाधार विकासका क्षेत्रमा केही गरेर नै देखाउनुपर्छ भन्ने लाग्छ । अरू देशभन्दा नेपाल धेरै नै भाग्यमानी छ । नेपालमा प्रचुर सम्पदाको भण्डार छ । त्यसलाई हामीले पुँजीकृत गर्नुपर्छ । त्यसका लागि लगानी बोर्ड एउटा माध्यम हो । निजी क्षेत्रबाट म यहाँ आएको छु र बोर्ड पनि सक्षम हुनुपर्छ भन्ने मेरो मान्यता हो । गएका ३०/४० वर्षमा किन आयोजना सम्पन्न भएन भनेर जोड दिने होइन कि नयाँ तरिकाले आयोजना सम्पन्न गर्नतिर लाग्नुपर्छ । क्रियाकलाप अगाडि बढाउँदा पारदर्शी ढंगले, विश्लेषण गरेर जवाफदेहिता र स्वामित्व लिएर गर्नुपर्छ । त्यो काम बोर्डमा बसेर गर्न सकिन्छ ।
राजनीतिक अन्योलको असर सेयर बजारमा परेको छ,  यस्तो अवस्थामा लगानी बोर्डको काम कारबाही कसरी अगाडि बढ्छ ?
अब त मलाई लाग्छ बोर्डको काम झन तीव्र गतिले अगाडि बढ्छ । अल्पकालमै सेयर बजार खस्कने र माथि जाने भइरहन्छ । दुई साता अगाडि सेयर बजारमाथि गएको थियो भने संविधानसभा विघटनको समाचारले तल गयो । त्यस्तै सकारात्मक समाचार आयो भने यो बजार भोलि फेरि माथि जान्छ ।
हामीले विकास गर्न खोजेको ऊर्जा, पूर्वाधारजस्ता आयोजना दीर्घकालीन आयोजना हुन् । ती आयोजनामा तुरुन्त हामी हस्ताक्षर गर्नेवाला पनि छैनाँै । यस्ता आयोजना सुरुवात गर्न ६ महिना एक वर्ष लाग्न सक्छ । त्यस्ता क्षेत्रमा लगानी गर्ने लगानीकर्ता राजनीति स्थायित्वभन्दा पनि नीतिगत स्थायित्व बढी खोज्ने हुन्छन् । नीतिगत स्थायित्व भन्नाले नयाँ नीति आए पनि तिनको आयोजना सुरक्षित नै रहने वा बारम्बार नीतिगत परिवर्तन नहुनु हो । त्यसले गर्दा अहिलेको परिस्थितिले लगानीकर्तामा ठूलो असर नपर्ला जस्तो लाग्छ ।
अर्को कुरा अहिले देशको खाँचो नै आर्थिक समृद्धि हो । राजनीति दिगो हुन पनि हामीलाई आर्थिक विकास चाहिएको छ । आर्थिक विकास गर्नका लागि हामीले आफ्नो प्राकृतिक स्रोत परिचालन गर्नुपर्छ । त्यसले मात्रै प्रजातन्त्रलाई दिगो बनाउन मद्दत गर्छ । मेरो विचारमा सबै राजनीतिक पार्टीलगायत सर्वसाधारण जनतामा पनि आर्थिक विकास गर्नुपर्छ भन्ने चेतना भएकाले आउने दिनमा यस क्षेत्रमा लगानी आउनेमा म आशावादी नै छु ।
संक्रमणकालीन अवस्थामा राजनीतिक दलका बीचमा न्यूनतम साझा आर्थिक एजेन्डा तय गरी अगाडि बढून् भन्ने निजी क्षेत्रको आह्वान छ, यसमा बोर्डले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छ ?
बारम्बार सरकार परिवर्तन भइरहेको वर्तमान अवस्थामा राजनीतिक एजेन्डालाई थाती राखेर आर्थिक विकासमा जोड दिन दलका बीचमा न्यूनतम साझा आर्थिक एजेन्डामाथि सहमति बन्नै पर्छ । हिजोका दिनमा पश्चिम सेती आयोजनाका लागि सबै राजनीतिक दलले बन्नुपर्छ भन्नेमा प्रतिबद्धता जनाए । यसमा स्थानीय जनता पनि सकारात्मक देखिए । त्यस्ता कुराहरू अगाडि आउनुपर्छ भन्ने मलाई लाग्छ । सबै राजनीतिक दल मिलेर साझा आर्थिक एजेन्डामा प्रतिबद्धता जनाउनु पर्‍यो ताकि कुनै पनि पार्टीको सरकार आए पनि ती एजेन्डाले प्राथमिकता पाओस् । यस्ता विषयमा सहजकर्ताको भूमिका निर्वाह गर्न बोर्ड सकारात्मक छ ।
लगानी वर्षलाई सफल बनाउन बोर्डले के गरिरहेको छ ?
सर्वप्रथम लगानीको वातावरणलाई दिगो बनाउन अहिले बोर्डले काम गरिरहेको छ । लगानीका सबै नियम कानुनकमाथि समीक्षा भइरहेको छ । अब विस्तारै नयाँ  लगानीकर्ता मैत्री कानुन पनि देख्नुहुनेछ । नीतिनियमहरू सबै एकरूपतामा निर्माण गर्न खोजिरहेका छौंँ । एउटा मन्त्रालयको एउटा नीति, अर्को मन्त्रालयको अर्को नीतिलाई परिमार्जन गरेर एकीकृत नीति ल्याउन खोजिरहेका छौँ ।
त्यसैगरी बोर्डले अध्ययन गरेर ५० वटा आयोजना लगानीका लागि ल्याउन भनिरहेका छौँ । त्यो आयोजनाको अध्ययन कार्य पनि भइरहेको छ । अध्ययन गरिएका आयोजनाको प्रवद्र्धन गर्नुपर्‍यो । प्रवद्र्धनका लागि वेबसाइटदेखि लिएर मार्केटिङ एजेन्सीसँग समन्वय गर्ने कामसमेत भइरहेको छ । बोर्डले के भनिरहेको छ भने तयारी चाहिँ ०१२ मा गर्ने । ०१३ मा प्याकेजमा आयोजना लन्च गरेर न्यूनतम पनि दश/बार्‍हवटा सम्झौता गर्ने लक्ष्य राखेका छौँ ।
बृहत् आयोजनाको प्याकेज तयारी गर्न बोर्डमा मानव संंशाधनको अभाव होला नि ?
बोर्डमा हरेक ठूलो आयोजनाका लागि विशेषज्ञको छुट्टै समिति रहन्छ । सम्बन्धित मन्त्रालयमा रहेका विशेषज्ञ सम्मिलित समितिले नै अध्ययन गर्ने हो । अन्तर्राष्ट्रिय रूपमा चाहिने प्राविधिक, कानुन विशेषज्ञ पनि त्यसमा डाक्छाँै । विशेषगरी आयोजनागत रूपमा हामी अगाडि बढ्छौँ । हामीलाई भएको स्रोत–साधनमा परिचालन गर्न मन छ । बोर्डलाई एउटा अर्को मन्त्रालयको रूपमा विकास गर्न मन छैन । बोर्ड विशेष रूपमा सहजकर्ता एवं संयोजक मात्र हो । सरकारसँग भएको मानवीय स्रोतलाई नै परिचालन गरेर अधिकतम उपलब्धी हासिल गर्न नै बोर्ड चाहन्छ ।
सरकारले एक दर्जनभन्दा बढी आयोजना हस्तान्तरण गरेको छ । त्यसको प्रगति कस्तो भइरहेको छ ?
त्यो अगाडि बढिरहेको छ । अहिले हामी संयोजनको चरणमा छौँ । फास्ट ट्रयाकमा अर्को साता इओआई होला । फोहरमैला व्यवस्थापनमा हामीले बेसिक कुरा सुरु गरिसकेका छौँ । नियमावलीअनुसार कुरा अगाडि बढाउाछौँ । पश्चिम सेतीको लागि वर्क प्लान बनाइसकेका छौँ । त्यो एमओयुबाहेक अन्य एमओयु चीनको थ्री गर्जेजसँग अरू सम्झौता हुन्छ ।
बोर्डले ऊर्जा मन्त्रालयले गर्ने काम गरिरहेको छ भन्ने आरोप छ नि ?
त्यस्तो होइन, बोर्ड सहजकर्ता मात्र हो । बोर्ड एकलद्वार प्रणालीबाट दु्रतत्तर गतिमा दीर्घकालीन प्रकृतिका ठूला आयोजनाहरूको सहजकर्ताका रूपमा काम गर्छ । बोर्ड सहर्जकर्ता एवं समन्वयकर्ताको भूमिका मात्र निर्वाह गर्छ । बोर्डको आयोजना व्यावसायिक रूपमा कार्यान्वयन हुन सक्छ भन्नेमा केन्द्रित रहन्छ । निश्चित रूपमा हाम्रो मेरुदण्ड भनेको ऊर्जा मन्त्रालयलगायतका अन्य मन्त्रालय नै हुन् । बोर्ड आफंैले इन्जिनियर भाडामा लिएर काम गर्दैन, बोर्डले विभिन्न मन्त्रालयको स्रोत परिचालन गरेर सफलतापूर्वक सम्पन्न गर्न सेतुको भूमिका खेल्छ ।
देशको यस्तो अवस्थामा वैदेशिक लगानी भित्रन्छ भन्नेमा तपाईं कतिको विश्वस्त हुनुहुन्छ ?
म त विश्वस्त छु । गन्जागोल कहाँ छैन । स्लोभाकिया, चेकोस्लाभियामा गन्जागोलका बाबजुद पनि नीतिगत संरचना राम्रो छ । त्यसैले वैदेशिक लगानी धमाधम गइरहेको छ । मेरो विचारमा लगानीकर्ताका लागि राजनीतिक स्थिरता नम्बर एक आवश्यकता होइन । नीतिगत स्थायित्व लगानीकर्ताको प्राथमिकतामा पर्छ । यदि हामीले लगानीकर्तालाई विश्वस्त गर्न सक्यौँ कि सरकार बारम्बार परिवर्तन भइरहे पनि लगानीकर्ताको लगानी सुरक्षित हुन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्छ । यसका साथै लगानीको अवसर अरू देशको
भन्दा राम्रो छ ।

lghL If]qdf ;kmn JolQmTj tkfO{+ s;/L ;/sf/L If]qlt/ cfslif{t x’g’eof] <
g]kfndf k|fs[lts ;|f]t cgluGtL 5g\ . hn;|f]t Pp6f pbfx/0f dfq xf] . b]zsf] ljsf; ug{sf nflu af6f3f6f w]/} aGg’ 5 . s[lif / ko{6gdf To:t} ;Defjgf 5 . nufgL af]8{sf] P]g, lgodfjnLdf af]8{nfO{ w]/} lhDd]jf/L k|bfg ul/Psf] 5 . d}n] hLjgdf w]/} s’/fx¿ u/]“ . w]/} ;do a}+lsª If]qdf sfd u/]“ . nufgL af]8{sf] k|d’v sfo{sf/Lsf] cj;/nfO{ d}n] Pp6f r’gf}tLsf ¿kdf l:jsf/]sf] 5′ .
g]kfnn] hn;|f]t / k”jf{wf/ ljsf;sf If]qdf s]xL u/]/ g} b]vfpg’k5{ eGg] nfU5 . c¿ b]zeGbf g]kfn w]/} g} efUodfgL 5 . g]kfndf k|r’/ ;Dkbfsf] e08f/ 5 . To;nfO{ xfdLn] k’“hLs[t ug{‘k5{ . To;sf nflu nufgL af]8{ Pp6f dfWod xf] . lghL If]qaf6 d oxf“ cfPsf] 5′ / af]8{ klg ;Ifd x’g’k5{ eGg] d]/f] dfGotf xf] . uPsf #)÷$) jif{df lsg cfof]hgf ;DkGg ePg eg]/ hf]8 lbg] xf]Og ls gof“ tl/sfn] cfof]hgf ;DkGg ug{lt/ nfUg’k5{ . lqmofsnfk cufl8 a9fp“bf kf/bzL{ 9+un], ljZn]if0f u/]/ hjfkmb]lxtf / :jfldTj lnP/ ug'{k5{ . Tof] sfd af]8{df a;]/ ug{ ;lsG5 .
/fhgLlts cGof]nsf] c;/ ;]o/ ahf/df k/]sf] 5,  o:tf] cj:yfdf nufgL af]8{sf] sfd sf/afxL s;/L cufl8 a9\5 <
ca t dnfO{ nfU5 af]8{sf] sfd emg tLj| ultn] cufl8 a9\5 . cNksfnd} ;]o/ ahf/ v:sg] / dfly hfg] eO/xG5 . b’O{ ;ftf cufl8 ;]o/ ahf/dfly uPsf] lyof] eg] ;+ljwfg;ef lj36gsf] ;dfrf/n] tn uof] . To:t} ;sf/fTds ;dfrf/ cfof] eg] of] ahf/ ef]ln km]l/ dfly hfG5 .
xfdLn] ljsf; ug{ vf]h]sf] pmhf{, k”jf{wf/h:tf cfof]hgf bL3{sfnLg cfof]hgf x’g\ . tL cfof]hgfdf t’?Gt xfdL x:tfIF/ ug]{jfnf klg 5}gf“} . o:tf cfof]hgf ;’?jft ug{ ^ dlxgf Ps jif{ nfUg ;S5 . To:tf If]qdf nufgL ug]{ nufgLstf{ /fhgLlt :yfloTjeGbf klg gLltut :yfloTj a9L vf]Hg] x’G5g\ . gLltut :yfloTj eGgfn] gof“ gLlt cfP klg ltgsf] cfof]hgf ;’/lIft g} /xg] jf af/Daf/ gLltut kl/jt{g gx’g’ xf] . To;n] ubf{ clxn]sf] kl/l:yltn] nufgLstf{df 7″nf] c;/ gknf{ h:tf] nfU5 .
csf]{ s’/f clxn] b]zsf] vf“rf] g} cfly{s ;d[l4 xf] . /fhgLlt lbuf] x’g klg xfdLnfO{ cfly{s ljsf; rflxPsf] 5 . cfly{s ljsf; ug{sf nflu xfdLn] cfÎgf] k|fs[lts ;|f]t kl/rfng ug'{k5{ . To;n] dfq} k|hftGqnfO{ lbuf] agfpg d2t u5{ . d]/f] ljrf/df ;a} /fhgLlts kf6L{nufot ;j{;fwf/0f hgtfdf klg cfly{s ljsf; ug'{k5{ eGg] r]tgf ePsfn] cfpg] lbgdf o; IF]qdf nufgL cfpg]df d cfzfjfbL g} 5′ .
;+qmd0fsfnLg cj:yfdf /fhgLlts bnsf aLrdf Go”gtd ;femf cfly{s Ph]G8f to u/L cufl8 a9″g\ eGg] lghL IF]qsf] cfx\jfg 5, o;df af]8{n] ;xhstf{sf] e”ldsf lgjf{x ug{ ;S5 <
af/Daf/ ;/sf/ kl/jt{g eO/x]sf] jt{dfg cj:yfdf /fhgLlts Ph]G8fnfO{ yftL /fv]/ cfly{s ljsf;df hf]8 lbg bnsf aLrdf Go”gtd ;femf cfly{s Ph]G8fdfly ;xdlt aGg} k5{ . lxhf]sf lbgdf klZrd ;]tL cfof]hgfsf nflu ;a} /fhgLlts bnn] aGg’k5{ eGg]df k|lta4tf hgfP . o;df :yfgLo hgtf klg ;sf/fTds b]lvP . To:tf s’/fx¿ cufl8 cfpg’k5{ eGg] dnfO{ nfU5 . ;a} /fhgLlts bn ldn]/ ;femf cfly{s Ph]G8fdf k|lta4tf hgfpg’ k¥of] tfls s’g} klg kf6L{sf] ;/sf/ cfP klg tL Ph]G8fn] k|fyldstf kfcf];\ . o:tf ljifodf ;xhstf{sf] e”ldsf lgjf{x ug{ af]8{ ;sf/fTds 5 .
nufgL jif{nfO{ ;kmn agfpg af]8{n] s] ul//x]sf] 5 <
;j{k|yd nufgLsf] jftfj/0fnfO{ lbuf] agfpg clxn] af]8{n] sfd ul//x]sf] 5 . nufgLsf ;a} lgod sfg’gsdfly ;dLIff eO/x]sf] 5 . ca lj:tf/} gof“  nufgLstf{ d}qL sfg’g klg b]Vg’x’g]5 . gLltlgodx¿ ;a} Ps¿ktfdf lgdf{0f ug{ vf]lh/x]sf 5f}+“ . Pp6f dGqfnosf] Pp6f gLlt, csf]{ dGqfnosf] csf]{ gLltnfO{ kl/dfh{g u/]/ PsLs[t gLlt Nofpg vf]lh/x]sf 5f}“ .
To;}u/L af]8{n] cWoog u/]/ %) j6f cfof]hgf nufgLsf nflu Nofpg elg/x]sf 5f}“ . Tof] cfof]hgfsf] cWoog sfo{ klg eO/x]sf] 5 . cWoog ul/Psf cfof]hgfsf] k|j4{g ug'{k¥of] . k|j4{gsf nflu j]a;fO6b]lv lnP/ dfs]{l6ª Ph]G;L;“u ;dGjo ug]{ sfd;d]t eO/x]sf] 5 . af]8{n] s] elg/x]sf] 5 eg] tof/L rflx“ )!@ df ug{] . )!# df Kofs]hdf cfof]hgf nGr u/]/ Go”gtd klg bz÷af¥xj6f ;Demf}tf ug]{ nIo /fv]sf 5f}“ .
a[xt\ cfof]hgfsf] Kofs]h tof/L ug{ af]8{df dfgj ;++zfwgsf] cefj xf]nf lg <
af]8{df x/]s 7″nf] cfof]hgfsf nflu ljz]if1sf] 5’§} ;ldlt /xG5 . ;DalGwt dGqfnodf /x]sf ljz]if1 ;lDdlnt ;ldltn] g} cWoog ug]{ xf] . cGt/f{li6«o ¿kdf rflxg] k|fljlws, sfg’g ljz]if1 klg To;df 8fS5f“} . ljz]ifu/L cfof]hgfut ¿kdf xfdL cufl8 a9\5f}“ . xfdLnfO{ ePsf] ;|f]t–;fwgdf kl/rfng ug{ dg 5 . af]8{nfO{ Pp6f csf]{ dGqfnosf] ¿kdf ljsf; ug{ dg 5}g . af]8{ ljz]if ¿kdf ;xhstf{ Pj+ ;+of]hs dfq xf] . ;/sf/;“u ePsf] dfgjLo ;|F]tnfO{ g} kl/rfng u/]/ clwstd pknAwL xfl;n ug{ g} af]8{ rfxG5 .
;/sf/n] Ps bh{geGbf a9L cfof]hgf x:tfGt/0f u/]sf] 5 . To;sf] k|ult s:tf] eO/x]sf] 5 <
Tof] cufl8 al9/x]sf] 5 . clxn] xfdL ;+of]hgsf] r/0fdf 5f}“ . kmf:6 6«Øfsdf csf]{ ;ftf Ocf]cfO{ xf]nf . kmf]x/d}nf Joj:yfkgdf xfdLn] a]l;s s’/f ;’? ul/;s]sf 5f}“ . lgodfjnLcg’;f/ s’/f cufl8 a9fpF5f}“ . klZrd ;]tLsf] nflu js{ Knfg agfO;s]sf 5f}“ . Tof] Pdcf]o’afx]s cGo Pdcf]o’ rLgsf] y|L uh]{h;“u c¿ ;Demf}tf x’G5 .
af]8{n] pmhf{ dGqfnon] ug]{ sfd ul//x]sf] 5 eGg] cf/f]k 5 lg <
To:tf] xf]Og, af]8{ ;xhstf{ dfq xf] . af]8{ Psnåf/ k|0ffnLaf6 b’|tQ/ ultdf bL3{sfnLg k|s[ltsf 7″nf cfof]hgfx¿sf] ;xhstf{sf ¿kdf sfd u5{ . af]8{ ;xh{stf{ Pj+ ;dGjostf{sf] e”ldsf dfq lgjf{x u5{ . af]8{sf] cfof]hgf Jofj;flos ¿kdf sfof{Gjog x’g ;S5 eGg]df s]lGb|t /xG5 . lglZrt ¿kdf xfd|f] d]?b08 eg]sf] pmhf{ dGqfnonufotsf cGo dGqfno g} x’g\ . af]8{ cfkm+}n] OlGhlgo/ ef8fdf lnP/ sfd ub}{g, af]8{n] ljleGg dGqfnosf] ;|f]t kl/rfng u/]/ ;kmntfk”j{s ;DkGg ug{ ;]t’sf] e”ldsf v]N5 .
b]zsf] o:tf] cj:yfdf j}b]lzs nufgL leqG5 eGg]df tkfO{+ sltsf] ljZj:t x’g’x’G5 <
d t ljZj:t 5′ . uGhfuf]n sxf“ 5}g . :nf]eflsof, r]sf]:nfleofdf uGhfuf]nsf afah’b klg gLltut ;+/rgf /fd|f] 5 . To;}n] j}b]lzs nufgL wdfwd uO/x]sf] 5 . d]/f] ljrf/df nufgLstf{sf nflu /fhgLlts l:y/tf gDa/ Ps cfjZostf xf]Og . gLltut :yfloTj nufgLstf{sf] k|fyldstfdf k5{ . olb xfdLn] nufgLstf{nfO{ ljZj:t ug{ ;Sof}“ ls ;/sf/ af/Daf/ kl/jt{g eO/x] klg nufgLstf{sf] nufgL ;’/lIft x’G5 eGg] k|Tofe”lt lbnfpg ;Sg’k5{ . o;sf ;fy} nufgLsf] cj;/ c¿ b]zsf]
eGbf /fd|f] 5 .

प्रतिक्रिया