शर्माको विश्लेषण सार्वजनिक

काठमाडौं : निर्माण व्यवसायी विष्णुप्रसाद शर्माद्वारा लिखित ‘सम्मुन्नत, समृद्ध नेपाल निर्माण गर्न कस्तो नियम बनाउनु पर्छ,’ सार्वजनिक भएको छ । शनिबार राजधानीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति बैरागी काइँलाले सो पुस्तकको विमोचन गरे ।  कार्यक्रममा नेताहरू प्रदीप गिरी, प्रदीप ज्ञवाली, नेत्री पम्फा भुसाल, साहित्यकार मोदनाथ प्राश्रित, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेलगायतले पुस्तकबारे प्रतिक्रिया प्रस्तुत गरे । शर्माले विभिन्न देशमा घुम्दाका अनुभव तथा नेपाली विकास निर्माण क्षेत्रमा लाग्दा देखिएका समस्याको सँगालो बनाएर पुस्तक प्रकाशनमा ल्याएको जानकारी गराए । अहिलेको तरल राजनीतिक अवस्थाबारे विश्लेषण तथा नेपालको विकास निर्माणका लागि विभिन्न देशसँग गर्नुपर्ने सहकार्यसम्बन्धी विषयवस्तुसमेत पुस्तकमा समावेश गरिएको छ । वि.सं. २००८ सालमा लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा जन्मिएका शर्मा काडमाडौं मोडल कलेजका संस्थापक तथा अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया