सत्र टन गहुँ कुहियो

नेपालगन्ज,२८  जेठ । राष्ट्रिय बिउबीजन केन्द्र नेपालगन्जमा भण्डारण गरिएको सत्र टन गहुँको बिउ कुहिएको छ । कर्मचारीले समयमै बिक्री गर्न नसक्दा तीन लाख ३२ हजार मूल्य बराबरको सत्र टन गहुँको बिउ गोदामै कुहिएको हो ।
बिउबीजन केन्द्रले खानसमेत नमिल्ने सो गहँु फाल्ने तयारी गरिरहेको छ । गहँु बिउका लागि मात्र नभई खानसमेत नमिल्ने अवस्थामा रहेको छ । गत सिजनका लागि गहुुँको बिउ कृषकलाई बिक्री गर्न खरिद गरिएको थियो तर कृषक किन्न नआएपछि बिउ त्यत्तिकै राख्दा कुहिएको कर्मचारी बताउँछन् ।
‘कृषकले हाम्रो गहुँको बिउ नै खरिद गरेनन्,’ राष्ट्रिय बिउबीजन केन्द्र नेपालगन्जका प्रमुख गणेश पन्थीले भने, ‘बिक्री नै नभएपछि खेर गयो ।’ पन्थीले सरकारले राहत रकम उपलब्ध नगराएकाले पनि कृषकले महंगोमा बिउ किन्न नचाहेको हुनसक्ने उनी बताउँछन् ।
आर्थिक बर्ष ०६७/६८ मा बिउबीजन केन्द्रले बाँंके र बर्दियाका कृषकलाई एक सय टनभन्दा बढी गहँुको बिउ बिक्री गरेको थियो । चालु आवमा गहँुको सिजनमा १५ टन मात्र बिक्री भएको छ । ‘खराब मौसमका कारण कृषक गहुँभन्दा अन्य खेतीमा आर्कषित भएकाले पनि बिउ बिक्री नभएको हो,’ पन्थीले भने ।
केन्द्रका प्रमुख पन्थीले सो गहँु फाल्नेबाहेक अर्को काममा प्रयोग हुन नसक्ने
बताए । ‘हरेक वर्ष हामीले गहुँ बिक्री गर्दै आएका थियौँ । यसरी खेर गएको पहिलोपल्ट हो,’ पन्थीले भने, ‘गहँु बिक्री नहुँदा केन्द्रलाई लाखौँ घाटा भएको छ ।’

प्रतिक्रिया