खुट्टाविनै घोडचढीमा अब्बल

अमेरिकाको क्यालिफोर्निया निवासी बारबरा एड्सइड जन्मँदैखेरि खुट्टाविहीन थिइन् । अथक मेहेनत र लगनका कारण राम्रोसँग घोडा कुदाउन मात्रै होइन, घोडचढीका खतरनाक ‘स्टन्ट’ देखाउन उनी सक्षम बनेकी छन् । ३५ वर्षीया बारबरा अहिले फिल्म र टेलिभिजन च्यानलका लागि घोडचढी ‘स्टन्ट’ देखाउन सिपालु भएकी छिन् । उनले नक्कली खुट्टाको जोहो नगरेकी होइनन् † तर, नक्कली खुट्टाविनै घोडा चढ्न, कुदिरहेको घोडाको ढाडमा टाउको टेकेर उभिन तथा सुतेर घोडा कुदाउन उनी सक्षम भएकी छन् । लन्डनमा हुने आगामी ओलम्पिक खेलमा कला प्रदर्शन गर्ने उनको धोको छ । ओलम्पिकमा चुनिन उनले दैनिक ६ घन्टा घोडचढी अभ्यास गर्ने गरेकी छन् । देशका लागि स्वर्ण पदक जित्ने उनको लक्ष्य छ । (डेलिमेल)

प्रतिक्रिया