विवाहको तयारीमा करिना

बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सैफअली खानबीच १६ अक्टोबरमा विवाह हुने तय भइसकेको छ । तर, करिनाले विवाहबारे बाहिर केही बताएकी छैनन् । यस्तो लाग्छ कि मानौँ उनी जीवनको अहम् घडी नजिकै आउँदा पनि यसबारे बेखबर छिन् । तर, उनी निकट स्रोतका अनुसार करिनाले भित्रभित्रै विवाहको तयारी सुरु गरिसकेकी छन् ।
पत्रकारले विवाहबारे सोध्दा करिनाले ‘यस्तो सबालप्रति मेरो रुचि छैन’ भन्दै टार्ने गरेकी छन् । सार्वजनिक कार्यक्रममा देखा पर्दा उनी पहिलेभन्दा ज्यादै स्लिम देखिने गरेकी छन् । करिना पुन: ‘जिरो साइज’ मा आएपछि धेरैले यसलाई विवाहको तयारीका रूपमा लिएका छन् । (एजेन्सी)

प्रतिक्रिया