पचहत्तर दिनसम्म वाग्मती महोत्सव गरिने

काठमाडौं २५ जेठ । वाग्मती नदी महोत्सव २०१२ समितिले आगामी जेठ २७ गते शनिबारदेखि १२ औं वाग्मती नदी महोत्सव गर्ने भएको छ । हरित काठमाडौं: स्वच्छ वाग्मती भन्ने मूल नाराका साथ विभिन्न संघसंस्थाहरुको सहकार्यमा जेठ २७ देखि ७५ दिनसम्म वागमति महोत्वस चल्ने आयोजकले जानकारी दिएका छन् ।
काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा समितिले ७५ दिनसम्मको महोत्सवमा नदी किनार, घाट तथा टोल सफाई, वृक्षारोपण, सम्पदा यात्रा, विद्यालय, विद्यार्थी चेतना कार्यक्रम, प्लाष्टिक विस्थापन अभियान, स्वच्छ उर्जा, साईकल यात्रा, वागमति अन्तक्र्रिया, चरा अवलोकन, घाटदेखि घरसम्म वागमति यात्रा अभियान, गड्यौला सम्मेलन, वागमति इको च्यालेन्ज, लाईभ एक र जलयात्रा, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।  पत्रकार सम्मेलनमा वाग्मती नदी महोत्सव २०१२ का संयोजक मेघ आलेले सगरमाथा नेपालीको ताज भए पनि वाग्मती लाज बनेको भन्दै वाग्मती नदीको सफाई र संरक्षणका लागि नेपाल सरकार उदासिन भएको आरोप लगाएका छन् ।
उनले भने– वागमती को सफाईको लागि क्लिन क्याम्पेन, जल यात्रा सञ्चालन, ढलको उचित व्यवस्था, मेलम्चीबाट पानी ल्याएर भए पनि पानीको मात्र बढाउनु पर्छ ।  कानुनको पालना गराएर  वागमति सफाई अभियान जस्ता कार्यक्रहरु निरन्तर नगरिए वाग्मती नदी कहिले सफा  नहुने समेत दावी गरे । पूर्वमन्त्री गणेश साहले जलस्रोतको धनी देशमा जााड पानी प्रशस्त छ पाईए पनि स्वच्छ पानी नभएको भनि ब्यङग्य गर्दै भने– धाराहरु सबै सुके, काठमाडौंका जनता काकाकूल भएका छन्, सरकार निदाएको नाटक गर्छ, यस्तो अवस्थामा वाग्मती कसरी स्वच्छ हुन्छ ।
साहले सबै धर्महरुको प्राय पर्वहरु नदी किनारमा हुने भएकोले अबको पहिलो प्राथमिकता नदी प्रदुषण रोक्ने तर्फ हुनु पर्ने बताए । उनले  नदीमा फोहोर गर्नेलाई दण्ड जरिवाना र सफाई गर्नेहरुलाई पुरस्कारको व्यवस्था गर्ने पर्ने धारणा राखे ।

प्रतिक्रिया