पौडेललाई सम्मान

काठमाडौं : रंग नेपालले यस वर्षको ‘रंग नेपाल विशेष सम्मान’ गोविन्दप्रसाद पौडेललाई प्रदान गरेको छ । करिब दुई दशकदेखि नेपाली कला–साहित्यमा बिताएका पौडेल पर्यटन व्यवसायमा पनि संलग्न छन् । केही वर्षदेखि विभिन्न विधामा योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कृत गर्दै आएको रंग नेपालले यसपालि पौडेललाई सम्मान–पत्रसहित ३० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरेको हो । (सौस)

प्रतिक्रिया