खोजखबर

भण्डारीद्वारा गच्छेदार विरुद्ध मुद्दा

सौर्य अनलाइन २०६९ जेठ २२ गते १०:१९ मा प्रकाशित

काठमाडौं, २२ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले आफ्नो मानहानी गरेको भन्दै वरिष्ठ नेता शरदसिंह भण्डारीले सर्वोच्च अदालतमा मानहानी विरुद्धको मुद्दा दायर गरेका छन् ।
पार्टीको विधान विपरित आफूलाई गोरखा पत्र दैनिकमा सूचना निकालेर स्पष्टिकरण सोधी मानहानी गरेको भन्दै भण्डारीले अध्यक्ष गच्छेदार विरुद्ध मुद्दा दायर गरेको जनाएका छन् ।
वरिष्ठ नेता भण्डारीले पार्टी विधानमा अनुशासन समितिलाई स्पष्टिकरण सोध्ने कुनै अधिकार नरहेको भन्दै अध्यक्ष गच्छेदारले नीति विपरित गरेका सबै कामकारबाही बदर गर्न मुद्दामा माग गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय