भट्टराई र डेलिसीवीच भेटबार्ता

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईसँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच. डेलिसीले विदाई भेट गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलहरु वीचको सम्बन्ध लगायतमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सविचलयले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री भट्टराईले संघीयताको कलहले संविधानसभा विघटन भएको भन्दै नयाँ निर्वाचन गर्नुपर्ने बताएका छन् । उनले राजनीतिक सहमतिका साथ अगाडि बढ्नुको विकल्प नरहेको बताउदै छिट्टै निकास आउने बताए ।
भेटमा राजदुत डेलिसिले शान्ति, विकास र लोकतन्त्रको पक्षमा सँधै अमेरिकी सरकारले सहयोग गरिरहने बताए ।

प्रतिक्रिया