बस दुर्घटना २ को मृत्यु

जनकपुर, २२ जेठ । धनुषाको यज्ञभूमी–९ मा बस दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ ।
गएराति भिमान चोकमा ना २ ख ७८९२ नम्वरको बस दुर्घटना हुँदा २४ यात्रु घाईते भएका हुन् । मृत्यु हुनेमा झापाकी दिलमाया लामा र नाम नखुलेकी एक महिला यात्रु रहेको प्रहरी भनाई छ ।
इलामबाट काठमाडौं जाँदै गरेको बस भिमान चोकमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया