९६ हजार हेक्टर वन विनाशः मन्त्री झा

जनकपुर,२१ जेठ । वन तथा भू–संरक्षण मन्त्री यदुवंश झाले वन विनाश रोक्नका लागि हरसम्भव प्रयास गर्ने बताएका छन् ।
धनुषामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाले वनका खाली स्थानहरुमा वृक्षारोपण गर्नु पर्ने अतिआवश्यक रहेको बताए ।
‘वन विनाश रोकिएन भने भावी पुस्तालाई उटको सवारी गर्नु पर्छ,’ मन्त्री झाले भने, ‘विगतमा ९६ हजार हेक्टर जमिनको वन विनाश भइ सकेको छ ।’
अस्तव्यस्त रहेको वन विकास परियोजनाहरुलाई निरीक्षण गरी वन जोगाउँन निर्देशन दिने क्रम जारी रहेको उनले बताए ।
वन मन्त्री झा संविधान नबनेकोमा सभासदहरु मात्रै दोषी नरहेको बताए । संविधानको ९० प्रतिशत कार्य पुरा भइसकदा पनि केही विदेशी हस्तक्षेपका कारणले संविधान जारी हुन न सकेको मन्त्री झाको भनाइ थियो ।

प्रतिक्रिया