जाजरकोटमा सडेको चामल

नेपालगन्ज : नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जबाट जाजरकोट पठाइएको चामल गुुणस्तरहीन भएको पाइएको छ । चामल कुहिएको समाचार सार्वजनिक भएपछि संस्थानको केन्द्रीय कार्यालयबाट गठित छानबिन समितिले चामल गुणस्तरहीन भएको पुष्टि गरेको हो ।
अञ्चल कार्यालय नेपालगन्जस्थित गोदाममा रहेको चामल स्वस्थकर भए पनि त्यहीँबाट जाजरकोट पठाइएको दुई सय तीस क्विन्टल चामल कुहिएको पाइएको छानबिन टोलीको प्रतिवेदनमा उल्लेख छ । टोलीले गुण्स्तरहीन चामल पठाउने काममा संलग्न कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । (सौस)

प्रतिक्रिया