कट्रिनालाई गुरु थापे सलमानले

सलमान खानको छत्रछायामा बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडमा तहल्का मच्चाएको कसैबाट लुकेको छैन । सलमानले गरेको उपकारबाट कृतज्ञ बनेकी कट्रिनाले सार्वजनिक समारोहमै सलमानलाई ‘गड फादर’ को संज्ञा दिसकेकी छन् । तर, सलमान भने उल्टै कट्रिनालाई गुरु थाप्ने मुडमा छन् ।
आमिर खानसँग ‘धुम–३’ मा काम गर्न कट्रिनाले जिउडाल कसिलो बनाउने प्रयन्त गरेको देखेपछि सलमान प्रभावित बनेका हुन् । ‘फिगर’ बनाउने कट्रिनाको ‘प्यासन’ देखेपछि उनले ‘एक था टाइगर’ फिल्ममा काम गर्दा कट्रिनाको फिगरमा धक्का नपुगोस् भनेर सचेतना अपनाउने गरेका छन् । ‘एक था टाइगर’ मा कट्रिना र सलमान दुवैले काम गरेका छन् ।
दैनिक भाष्करका अनुसार सलमानले आºना निकटवर्तीसँग कट्रिनालाई ‘फिटनेस गुरु’ बनाउन मन लागेको बताउने गरेका छन् । ‘अब ‘फिटनेस टिप्स’ लिन मैले कट्रिनाको सहयोग लिनुपर्ला †’ ठट्टा गर्दै सलमानले यस्तो भन्ने गरेका छन् । उनीहरू दुवै अहिले ‘एक था टाइगर’ को छायांकनका लागि थाइल्यान्डमा छन् । कट्रिनाले पनि सलमानको भरपुर हेरचार गर्ने गरेकी छन् । फिल्म छायांकनका क्रममा सलमानलाई बढी तनाव नहोस् भन्नेमा कट्रिना सधँ सचेत रहने गरेको स्रोतको भनाइ छ । (एजेन्सी)

प्रतिक्रिया